Logo

२०८३, आश्विन ११गते


images
images

मिसन ग्रासरुटमा जनताकाे माग जनतालाई डेलिभरि देउ 

मिसन ग्रासरुटमा जनताकाे माग जनतालाई डेलिभरि देउ 

images
  • सेतोमसी सहकर्मी
  • मिसन ग्रासरुटमा जनताकाे माग जनतालाई डेलिभरि देउ 
    images
    images

    कृष्ण अन्जान, गुल्मी । नेकपा एमालेले सँगठन सुदृढीकरण र सुद्दिकरणका लागि चलाई रहेकाे मिसन ग्रासरुट अभियान जिल्ला ,पालिका ,वडा हुँदै टाेल सम्म पुगेकाे छ र याे अभियानले पार्टी र जनताका बिच ,नेता र कार्यकर्ताका बिच भलाकुसारीका साथै पार्टी कस्ताे हुनुपर्छ र भाेलीका दिनकाे रणनीति र कार्यनीति कसरी अगाडि बढ्नु पर्छ भन्ने विषयमा बहस मात्र भएका छैनन मन पेट माझामाझ पनि भएकाे ।
    चैत्रकाे गहुँ जौ थन्काउने ,मल फाल्ने चटाराेका बिचपनि अभियानले तिब्रता लिएकाे छ र करिब करिब समापनकाे मेलाे तर्फ मिसन ग्रासरुट अभियान छ ।

    images
    images
    images


    याे अभियानमा गाउँ वडा टाेलमा पार्टीका जन सँगठन ,पार्टी कमिटी हरुका अधिवेशनहरु पनि गरिएका छन र पार्टीलाई चुस्त दुरुस्त पार्ने कामकाे थालनी गरिएकाे छ ।
    मिसन ग्रासरुट अभियानमा मुख्य रुपले पार्टी भित्र मौलाउँदै गएकाे साँगठनिक अराजकता र अवसतवादबाट कार्यकर्ता हरुलाई कसरी पार्टी अनुशासनकाे दायरामा राख्ने भन्ने विषयमा व्यापक छलफल भएकाे  छ ।

    images
    images
    images


    वर्षको तीन सय चौसठ्ठि दिन पार्टीकाे कार्यकर्ता बन्ने र एकदिन अर्कैलाई भाेट हान्ने ,आफुले टिकट पाए ठिक र अरुले टिकट पाए असहयाेग गर्ने परिपाटीले कतिपय स्थानीय तह ,सँघिय र प्रदेशमा समेत नेकपा एमालेले पराजय भाेग्नु परेकाे मिसन ग्रासरुट अभियानमा कुरा मात्र उठेनन याे प्रवृत्तिमा लाग्नेलाई कारवाही गरिनु पर्ने माग जाेडदार रुपमा अभियानका क्रममा ऊठेकाे छ।

    images
    images
    images


    अभियान ग्रासरुटमा मात्र हाेईन उपल्लाे लेभलमा पनि चलाउनु पर्ने कार्यकर्ताकाे माग छ।


    नेकपा एमालेले याे पटक सिधै पार्टी सदस्य सँग पुगेर सदस्यता नविकरण अभियान र घरदैलाे पुगेर जन गुनासा र नयाँ सदस्य थप्ने अभियान चलाएकाे छ ।


    पार्टीका नेता कार्यकर्ता जनताका घरघरमा पुग्दा तत्काल जनताले प्राप्त गर्ने प्रतिफलका अधारमा डेलिभरी दिन जनताले माग गरेका छन ।


    यतिबेला मकै छर्ने सिजन हुन थालेकाले जनतालाई उन्नत जातकाे मकैकाे बीउ ,मल अनुदानमा उपलब्ध गराउनु पर्ने जनताको माग छ ।


    विकास याेजनाहरु आफ्नो ठाउँमा छन ,गाउँमा राेजगारी सिर्जना गरेर गाउँमै बस्ने बाताबरण मिलाउन समेत जनताले माग गरेका छन ।बढ्दाे बसाइँसराइ का कारण बाँझिएका जमिनलाई पालिकाले लिजमा लिएर आएमुलक उत्पादनमा गर्ने तर्फ जाेडदिन पनि कार्यकर्ताले  अभियानका क्रममा माग गरेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मिसन ग्रासरुट
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।