Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरा महानगरभित्र न्यून आय भएका व्यक्तिहरूलाई न्यून लागतका एक सय वटा व्यवस्थित घर निर्माण हुँदै

पोखरा महानगरभित्र न्यून आय भएका व्यक्तिहरूलाई न्यून लागतका एक सय वटा व्यवस्थित घर निर्माण हुँदै

images
  • पोखरा महानगरभित्र न्यून आय भएका व्यक्तिहरूलाई न्यून लागतका एक सय वटा व्यवस्थित घर निर्माण हुँदै
    images
    images

    राजेश  पराजुली, पोखरा । न्यून आय भएका व्यक्तिहरूको आवास निर्माण तथा आय आर्जनका लागि सहुलियत ब्याजदरमा ऋण उपलव्ध गराइने भएको छ ।

    images
    images
    images

    पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका एक सय वटा व्यवस्थित घर निर्माण गर्ने सम्वन्धमा पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैँङ्कबीच सम्झौता गरिएको हो । यससँगै महानगर क्षेत्रमा १०० नयाँ व्यवस्थित घर निर्माण हुनेछ ।

    images
    images
    images

    सम्झौतामा महानगरपालिकाका प्रमुख धनराज आचार्य, लुमन्ति आवासको लागि सहयोग समूहको तर्फबाट कार्यकारी निर्देशक लजना मानन्धर र कामना सेवा विकास बैँङ्कका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हस्ताक्षर भएको छ ।

    images
    images
    images

    पोखरा महानगरपालिका क्षेत्रभित्र सुरक्षित आवासको व्यवस्था नभएका तथा न्यून आय भएका वर्गलाई लक्षित गरी त्रिपक्षीय सहकार्यमा यो योजना लागू गरिएको हो ।

    महानगरपालिकाले निर्धारण गरेको मापदण्ड भित्र सिफारिस भई आए बमोजिम कामना सेवा विकास बैँङ्कले नयाँ घर निर्माण तथा मर्मत सुधारका लागि अधिकतम रु सात लाखसम्म न्यून लागत आवास कर्जा प्रवाह गर्नेछ ।                                                   लाभग्राहीले पाउने न्यून लागत आवास कर्जाको सात लाख मध्ये लुमन्तिले ४० प्रतिशत, पोखरा महानगरपालिकाले १० प्रतिशत र ५० प्रतिशत कामना सेवा विकास बैँङ्कले लगानी गर्नेछ । सम्झौताको कुल रकम रु सात करोड रहेको छ ।

    प्रत्येक लाभग्राहीलाई रु सात लाखका दरले वार्षिक नौ दशमलव ९९ प्रतिशत ब्याजदरमा सात वर्षभित्र रु ११ हजार ६१७ का दरले ८४ किस्तामा तिर्ने गरी न्यून लागत आवास कर्जा उपलब्ध गराइने छ । सम्झौता अनुसार एक वर्ष भित्र १०० वटा घर बनाउने कार्य सम्पन्न गरिनेछ ।
    पोखरा महानगरपालिकाका प्रमुख आचार्यले महानगरपालिका भित्र आफ्नै जमिन भएका तर, कमजोर आर्थिक अवस्थाका कारण आवास विहीन भई बस्नु परेका नागरिकका लागि यो सहुलियतपूर्ण सहायता निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो 

    महानगर भित्र हाल १९ हजार ८ बढी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको आँकडा रहेको छ, हामी अहिले उनीहरूलाई निस्सा वितरण गरिरहेका छौँ । यसबिचमा न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका सुरक्षित आवास निर्माणको सम्झौता भएको छ, यसले घर नहुनेहरूलाई घरको मालिक बनाउने छ ।”महानगर प्रमुख आचार्यले आफ्नो कार्यकाल भित्रमा यस प्रकृतिका एक हजार घरहरू निर्माण गर्ने जानकारी दिए ।

    लुमन्तिकी कार्यकारी अधिकृत लजना मानन्धरले गरिबी न्यूनीकरण, सामाजिक परिचालन तथा सामाजिक विकास तथा सुशासन प्रबद्र्धनमा आफूहरू लागि रहेको बताए ।

    पोखरा महानगरपालिका, लुमन्तिको सहयोग र कामना सेवा विकास बैङ्कको सहयोगमा हाल सम्म एक हजार ३७ घर निर्माण तथा मर्मत र बाँसको घर ४५ तथा गन्धर्व बस्तीमा छ वटा नयाँ गरी एक हजार ८८ घरहरू निर्माण गरिएका जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।