"तिमिले जातकै आधारमा कोठा पाएनौ, मैले जातकै आधारमा कोटा पाइन विभेद त्यहाँ नी छ, यहाँ नी छ । आउ सवै मिलेर विभेदकाे अन्त्य गरौ ।" यस्तै यस्तै प्रकृतिकाे पोस्ट सामाजिक संजालमा ब्यापक भइरहेकाे देखिन्छ । यसमा बहश गर्नेहरुले आरक्षणको सकारात्मक र नकारात्मक टिप्पणी गरेका छन ।
कतपियले त यसरी पनि बहस गरेका छन कि - कोटा सुविधा लिएपछी सामाजिक विभेद पनि सहनु पर्छ । यसरी गरिएको बहस कुनै पनि कोणवाट न्यायोचति हुन सक्दैन । आरक्षण कसैको दया, माया र कृपाले दिएकाे नभै राज्यले ऐतिहासिक तथा सामाजिक रुपले गरेको विभेदको क्षतिपूर्ति स्वरूप दिइएको विशेष संरक्षण हो । यस सर्न्दभमा आरक्षण के हो ? यसका सकारात्मक र नकारात्मक पक्षको यहाँ सामान्य चर्चा गर्ने प्रयास गरिएको छ ।
आरक्षण कसैको दया, माया र कृपाले दिएकाे नभै राज्यले ऐतिहासिक तथा सामाजिक रुपले गरेको विभेदको क्षतिपूर्ति स्वरूप दिइएको विशेष संरक्षण हो ।
राज्य प्रदत्त सेवा, सुविधा र लाभका अवसरबाट वञ्चित वर्गलाई अर्थपुर्ण रूपमा शासन संचालनको सवै क्षेत्रमा सहभागी गराउने सकारात्मक विभेदको एउटा औजार हो - आरक्षण । यो विगतमा भएको गल्ती वापत वर्तमानमा प्रदान गरिएको विशेष क्षतिपुर्ति पनि हो । अवसरवाट वञ्चित वर्ग, क्षेत्र, लिङ्ग, समुदायलाई निश्चित संख्या वा प्रतिशतका आधारमा स्थान छुट्टाई त्यही समुदाय वा वर्गवाट प्रतिस्पर्धा गराई विशेष संरक्षण प्रदान गर्ने कार्य नै आरक्षण हो । यो समावेशिकरणको बाध्यात्मक र हस्तक्षेपकारी औजार पनि हो । खास गरी आरक्षण सम्वन्धमा स्थानिय स्वायत्त शासन ऐन २०५५ ले केही सामान्य पदहरूमा आरक्षणको अवधारणा ल्याएको भएतापनि मुलत २०६२।०६३ को राजनितिक परिवर्तन पछि यसको व्यापकता भएको हो ।
समानुपातिक प्रतिनिधित्व अर्न्तगत राजनीतिक रूपमा विभिन्न वर्गलाई आरक्षण सुनिश्चित गरिएको छ भने प्रशासनिक रूपमा निजामति सेवा ऐन २०४९ को दोस्रो संशोधन २०६४ ले निजामति सेवाको खुल्ला पदपुर्ति गर्दा ४५% आरक्षणको ब्यवस्था गर्यो । यसरी आरक्षण्को लागी छुट्टाइएको ४५% लाई शतप्रतिशत मानी त्यसवाट ३३% महिला, २७% आदिवासी जनजाती, २२% मधेशी, ९% दलित, ५% अपाङ्ग र ४% पिछडिएको क्षेत्रलाई आरक्षणको व्यवस्था गरी समावेशी निजामति सेवा वनाइयो । एवम रितले सेना, प्रहरी, सशस्त्र प्रहरी लगायत अन्य सरकारी सेवाहरूमा समेत आरक्षणको व्यवस्था गरिएकाे छ ।
प्रस्तावित संघिय निजामति सेवा ऐनले आरक्षणवाट ४९ प्रतिशत पदपूर्ति गर्ने व्यवस्था सहित विभिन्न समुह उपसमुहमा विशिष्टिकृत गरी संघिय संसदमा २०७५ माघ २७ मा विधेयक दर्ता गरेको भएतापनि कानुनी रूप लिन सकेन । नेपालको संविधान २०७२ ले समानुपातिक समावेशी सिद्धान्तलाई पूर्ण रूपमा आत्मसाथ गरेकोले राजनीतिक तथा प्रशासनिक रूपमा उचित प्रतिनिधित्व गराई राज्यको मुल प्रवाहवाट वञ्चित भएका वा वनाइएका वर्गको अधिकारको सुनिश्चितता गर्दै समानतामा आधारित लोक कल्याणकारी व्यवस्था स्थापना गर्न सघाउ पुर्याउछ ।
निजामति सेवामा आरक्षण व्यवस्था गरिएपछि आ.व. २०६४।०६५ देखी आ.व. २०७६।०७७ सम्म १३ वर्षको अवधिमा देहाय अनुसार समावेशी विज्ञापनवाट पदपूर्तिका लागी सिफारिस भएको लोक सेवा आयोगको ६१ औ प्रतिवेदनमा उल्लेख छ ।
महिला :७३३१
आदिवाशी जनजाती : ५७५४
मधेशी : ४७२१
दलित : १९७१
अपाङ्ग : ९९६
पिछडिएको क्षेत्र : ७७३
जम्मा : २१६४९
सोही प्रतिवेदनमा औल्याइए अनुसार सो अवधिमा खुला विज्ञापनवाट सिफारिस कुल ३१८०१ मध्ये समावेशी समुहवाट २१६४९ सिफारिस हुनु शासन संचालनमा पछाडि परेको वर्ग, समुदायको प्रतिनिधित्व सुनिश्चित हुनु सकारात्मक संकेत हो । ४५ प्रतिशत आरक्षणको व्यवस्था हुदां ६८ प्रतिशतको हाराहारी आरक्षित समुहवाट प्रतिनिधित्व हुनु वञ्चिनिकरणमा परेको वर्ग समुदायलाई आत्मवल वढाउने औजारको रूपमा आरक्षणले काम गरेको देखाउछ ।
सकात्मक पक्ष :
नकारात्मक पक्ष :
आरक्षण ऐतिहासिक रूपमा भएको विभेदलाई सच्चाई क्षतिपूर्ती प्रदान गर्ने, कमजोर वर्गको संरक्षण गर्ने, अवसरहरूको पुर्न: वितरण गर्ने र सामाजिक न्यायलाई प्रर्वद्धन गर्ने माध्यम हो ।
सुधारको वाटो :
अन्त्यमा,
आरक्षण ऐतिहासिक रूपमा भएको विभेदलाई सच्चाई क्षतिपूर्ती प्रदान गर्ने, कमजोर वर्गको संरक्षण गर्ने, अवसरहरूको पुर्न: वितरण गर्ने र सामाजिक न्यायलाई प्रर्वद्धन गर्ने माध्यम हो । यसो भन्दैमा विगतमा कुनै वर्ग समुदायको एक पुस्ताले गरेको विभेद, अन्याय र असमान व्यवहारको प्रतिफल स्वरूप सिर्जित समस्याको समाधान गर्ने नाममा अर्को पुस्ताको अधिकार हनन हुने गरी क्षतिपुर्ति दिलाइनु पनि न्यायोचित होइन ।
त्यसैले समावेशिकरणलाई दिगो र प्रतिनिधिमुलक वनाउन आरक्षण प्रणालीको निश्चित समयावधीमा पुनरावलोकन गर्दै सिधै माछा मारेर दिने प्रकृतिको समावेशीकरण भन्दा माछा मार्न सिकाउने खालको सकारात्मक विभेदका औजार प्रयोग गरिनु समग्र राज्यको हित अनुकुल हुन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology