दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो । प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको थियो । यससँगै मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो । गिरिले माघको ५ गते विश्वासको मत लिएका थिए। सरकार बनेको १०३ दिनमा पुनः विश्वासको मत लिएर अल्पमतामा परेका हुन ।
लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । ८७ सांसद मध्य लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । मुख्यमन्त्रीको पक्षमा ३३ मत पाएका छन । जसले गर्दा संविधानको धारा १६८ को २ बमोजिम बनेको सरकार ढलेको छ ।
अब अन्य राजनीतिक दलहरूले भने संविधानको धारा १६८ को २ बमोजिम नै सरकार बनाउनेगरी गृहकार्य थालेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधाको धारा १६८ को २ या १६८ को ३ बमोजिम सरकार गठनको लागी आह्वान गर्ने छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology