परासी । महालेखापरिक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ । संगै प्रदेशस्तरमा प्रदेश प्रमुखलाई पनि महालेखाले आफ्नो प्रतिवेदन बुझाएको छ । ७५३ स्थानीय तह र बक्यौता रहेका ५५ गरि ७९९ स्थानीय तहको लेखापरिक्षण गरी महालेखाले असार २९ गते आफ्नो ५९औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।
महालेखापरिक्षकको प्रतिवेदन सार्वजनिक भएसंगै स्थानीय सरकारदेखि प्रदेश हुँदै संघीय सरकार र मातहतका कार्यालयको कार्यसम्पादन र उनीहरूको आर्थिक अनुशासनको विषयमा सामाजिक संजाल र चिया पसलमा मात्रै नभएर प्राज्ञिक क्षेत्रमा समेत नयाँ खाले वहसको विजारोपण भएको छ ।
एकातिर वैदेशिक ॠणको भार बढिरहेको छ भने अर्कोतिर डलर संचिति घट्नाले देशको अर्थतन्त्र नै टाट पल्टिने त होइन भन्ने आशंकाले आमनागरिकलाई पिरोलिरहेको छ ।
सुनवल नगरपालिकाको आव २०७७/७८ मा ७ करोड ४८ लाख ४ हजार बेरुजु छ। जसमा नियमित गर्नुपर्ने रकम ४ करोड ५४ लाख ८४ हजार रहेको छ। असुल गर्न बाँकी रकम ९१ लाख ३९ हजार रहेको छ।
हालसम्म नगरपालिकाको अद्यावधिक बेरुजु रकम २४ करोड ३१ लाख ७१ हजार पुगेको छ।
महालेखापरिक्षकको प्रतिवेदन
mQF5z1658920640सुनवल नगरपालिका, २०७९ (1).pdf :To download file click here
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology