परासी । रोजगारी अभावका बेला पनि वाषिर्क १५ लाख कमाउछन मोहन कार्की । देशको अर्थतन्त्र नै संकटमा रहेका बेला यति धेरै आम्दानी कसरी भयो होला ? त्यो पनि स्वदेश मै बसेर ! यहि जिज्ञासासहित हामी सुनवल नगरपालिका ४ सितलाहा निवासी कार्कीको कर्मथलो भैंसी फर्ममा पुग्यो । हामी पुग्दा कार्की भैँसी, पाडापाडीको स्याहारसुसार र गोबरघांसमा व्यस्त थिए । ४२ वटा भैसी र ४० वटा पाडापाडी उनको फर्ममा थिए ।
गोबरघाँस सकेपछी थकाई मार्न बसेका कार्की असिनपसिन थिए । तर उनको मुहारमा मेहनत लगनशीलता र व्यवसायीक खुसी प्रष्ट देखिन्थ्यो । हामी पशुपालन व्यवसाय के-कस्तो छ भनी हामी ले सोध्यौं, उनले थकाईको सुस्केरा हाल्दै भने, `राम्रै छ हजुर दैनिक २०० लिटर दुध बिक्री गर्छु सबै खर्छ कटाएर घरपारिवारको संग रमाएर वार्षिक १५ लाख बचत गर्छु,धेरै त होइन थोरै भएपनी सन्तुष्ट छु ।´ मनग्य आम्दानी गरिरहेका कार्कीले आफ्नो फार्ममा ९ जना स्थानीयलाई रोजगारी समेत दिएका रहेछन् ।

१५ वर्षको वैदेशिक यात्रा पछि स्वदेश मै पशुपालनमा मोह
१५ वर्ष प्रदेश बसेका उनी बिगत तीन वर्षदेखि सुनवलमा भैँसीपालन ब्यवासायीमा संलग्न हुदै आएका रहेछन् । उनले २०७७ मा फार्म दर्ता गरी व्यावसायिक रुपमा भैँसीपालन थालेका थिए । गरे नहुने के छ र ? कार्की व्यावसायिक भैँसीपालन गरेर ३ वर्षमा नै एक सफल उद्यमीका रुपमा आफूलाई चिनाउन सफल भए ।

नेतृत्वले नारामा मात्र सीमित नराखी कृषि व्यवसायमा लाग्नेलाई व्यावहारिक रुपमा सहयोग गरेर कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनसक्ने कृषिमा आत्मनिर्भर हुनेको सङ्ख्या बढ्ने र विदेश पलायनको क्रम पनि रोकिने उनी बताउँछन् । उत्पादित कृषि सामग्रीलाई उचित बजारको व्यवस्था गर्न सके किसानलाई थप हौसला प्राप्त हुने र कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन सकिनेमा उनको जोड छ । अन्त्यमा उनी भन्दै थिए, `सबै युवाहरुले यसरी नै महेनत गरे, सरकारले पनि आफ्नो भुमिका सहि ढंगले निर्वाह गरे देश बन्न देशविकास त सहजै हुनेथियो ।´ होईन र ?
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology