Logo

२०८३, आश्विन १२गते


images
images

५३ सांसदको समर्थनसहित चौधरीले पेश गरे मुख्यमन्त्रीमा दावी

५३ सांसदको समर्थनसहित चौधरीले पेश गरे मुख्यमन्त्रीमा दावी

images
  • ५३ सांसदको समर्थनसहित चौधरीले पेश गरे मुख्यमन्त्रीमा दावी
    images
    images

    बुटवल। ८ दलीय गठबन्धनबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन् ।

    images
    images
    images

    चौधरीलाई नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी गरी ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदको समर्थन छ ।

    images
    images
    images

    गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो । केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएका छन् ।

    images
    images
    images

    ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

    प्रदेश प्रमुख अमिक शेरचनले आजै चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

    लुम्बिनीमा नेकपा एमालेले पनि संविधानको धारा १६८( ३) अनुसार ठूलो दलको हैसियतमा लिला गिरीलाई मुख्यमन्त्री नियुक्त गर्न निवेदन दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।