Logo

२०८३, आश्विन ९गते


images
images

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, एसिया कपमा स्थान पक्का

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, एसिया कपमा स्थान पक्का

images
  • एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, एसिया कपमा स्थान पक्का
    images
    images

    काठमाडौं । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको हो । 

    images
    images
    images

    उक्त जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का गरेको छ । एसिया कपमा नेपालले भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छ ।

    images
    images
    images

    फाइनल खेलमा नेपालले जितका लागि १ सय १८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो । घरेलु मैदानमा हजारौंसमर्थकको साथ पाएको नेपालका लागि गुलशन झा र रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गरे ।

    images
    images
    images

    गुलशन झाले अविजित ६७ रन बनाए । उनले ८४ बलको सामना गरी ६ छक्का र ३ चौका हिर्काए । रोहित पौडेलले अविजित ३६ रनको योगदान गरे । त्यसअघि पाहुना टोली यूएई १ सय १७ रन बनाउँदै अलआउट भएको थियो । 

    यूएईलाई सस्तोमा समेट्न  ललित राजवंशीले ४ विकेट लिएका थिए । करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।