उभिइरहेका वायुपङ्खि नाच्दै थिए, संगै आ-आफ्नै बेगमा, गतिमा मलिन थिए, फरक थिए आवाज, सन्दर्भ । गुञ्जयमान बाणी वहकिदै थियो एकआपसमा, ठोक्किदै थियो स्वर घुलीनकै निम्ति, कोलाहल थियो, परस्परमा अन्जान थिए गल्लीहरु, बेकसुर थिए नयनहरु, बैगुनि आत्मालाई चट्ट बोकि पुर्याइदिइसकेको थियो, कहि-कतै अब नफर्कने गरि सिध्याइदियको थियो मानव अस्तित्वलाई नै। त्यो केवल मृत्यु थियो ।
दुई प्राणको संयोगबाट निकै समय पर्खाइमा परेर जीवन धर्ति र दृश्यतासंग जोडिन पुग्छ भने त्यो जन्म हो । आफ्नै शरिरको रहस्यता बुझ्न हरकोहि जन्मिनु पर्छ भने जन्मिनुअघि नै आफुलाइ जन्माउनेहरु जन्मिनुपर्छ । धर्तीमा धेरै प्राणयोग्य चिजहरु छन् भने धेरै दृश्यविहिन पनि, जन्मकै कुरा गर्ने हो भने कुनै संयोगबाट जीवन सुरु गर्नु हो । जिन्दगीको निमित्त पाइला राख्नु या भनौ धर्तिसंगै तालमेल गर्दै श्वास फेर्न खोज्नु, जन्माउनु र जन्मनु पछिका रहर इच्छा आकांक्षा समय परिवेश र सस्कार अनुरुप फरक होलान तर कत्तिपनि फरक छैन दैनिकी सुरुवातले थपेको मिठासपुर्ण चरण, अनुभव बटुलेर सङ्घर्ष बटुल्दै जाने यात्राको पहिलो कदम, सस्कार चलन र व्यक्तिपिच्छे फरक परिभाषा बोकेपनि जन्म जिन्दगीको सुरुवात नै हो तर त्यहि जन्मसंगै बोकी ल्याएको रहस्यमय कुरा मृत्यु हो । मृत्युले हरेक जीवनको अन्त्य गरिरहेको हुन्छ ।
जन्मिनु मान्छेको सबल पक्ष हो भने मृत्यु पनि निकै सामान्य छ । मानिस जन्मिनु र मर्नु सामान्य प्रक्रिया हो । जसले हरेक तवरबाट जीवन जिउने कलाको प्रस्तुत गरिराखेको हुन्छ ।
जन्मिएको बच्चा ठूलो हुन्छ उसका इच्छा आकांक्षा हर तवरबाट एकअर्का हुदै समाज देश र परिवेश संग जोडिन थाल्छन् । विस्तारै उसका आवश्यकता र जिम्मेवारिको बृद्ध रुप देखा पर्न थाल्दछ । आफ्नो जीवनको परिपक्वता मृत्युले तय गर्ने कुरासंग न हामिले कहिले जित्न सकेका छौ न त त्यसको कुनै परिकल्पना नै गरेका छौ । मानिस मात्र हैन मृत्युको शोकले प्राणि सबै तड्पिरहेको देखिरहदा पनि मृत्युको पछि लागि सोच्ने वा त्यस विषयमा विचार प्रस्ट पार्ने काम गरेका हुदैनौ। परिवार समाज र मानविय स्वरुपबाट टाढा पुर्याउन सक्ने न समय हेरिदिने न प्रकार हेरिदिने स्थिती कस्तो स्थिति?
जन्म होस या बृद्धि विकास मृत्यु नपुगेको कुनै क्षण पल र घडि निकै रोचक हुन्छ, आफ्ना विचार, चलन संस्कार अनुरुप आफैलाइ स्वचालन गरिरहेको हुन्छ । पर्दा होस या पर्दाले छेकिएको कुनै आकर्षक हासोलाई परिणत गरिदिन सक्छ क्षणभरमै रोदनतर्फ । सुन्दैन कोलाहल फर्काउदैन कसैलाइ एकपटक आफुले प्रेम गरेकोभरमा टप्प टिपीदिन्छ हरकोहि । हेरिदैन सोच विचार लक्ष्य, प्राप्तिका पर्खाइमा रहेका चिज हेरिदिन्छ त केवल आफ्नै विचार गर्दैन रत्तिपनि अर्काले जन्माइ हुर्काइ ठिक्क पारिदिएको वगैचाका डाली कुलविहिन बनाउन, आफू अदृश्य छ उसका व्यवहार भने दृष्टिमय जस्तै छन् ।
जीवनको दुरी हर विशेषत: वस्तुमा फरक हुन्छ तर सबै संग जन्मीदै जोडिएर आएको रोचक तथ्य मृत्यु नै हो । भर्खर फुलेको फुल आफ्नै हागावाट चुडिएर भुइमा खस्दा उसको जीवनका हरेक वसाइवाट संसार छाडिसकेको हुन्छ । भौतिक रुपमा सोहि स्वरुपमा देखिदैमा मृत्यु नपुग्ने भन्ने प्रसङ्ग नै रहदैन । शास्त्र र संस्कारका आधारमा मृत्यु पश्चातको जीवनवारे पनि वयान पाउन सकिन्छ तर एक जीवन्त दुरी भने सकिइसकेको नै हुन्छ । जन्मदेखि नै मृत्युकै पछाडि दौडने मानिस पनि मृत्युको पुनरावलकन चाहि गरिसकेको छैन तर मृत्युका पछाडिका कुराको भने अनुमान लगाइसकेको पाइन्छ । अरु चेतनशिल प्राणिको तुलनामा मानिस केहि हरसम्म परिवर्तित र चनाखो प्राणि हो ।
कौतहलता पूर्वक जिज्ञासा मृत्यु र मृत्यु संस्कारका विषयमा राखिरहने भएपनि मृत्यु र मृत्युको अनन्त गन्तव्यको बारेमा भने प्रखर वन्न सकिरहेको छैन । न कुनै औजार प्रयोग गरि मृत्युका गुणबारे मापन नै गर्न सकिने हुन्छ मृत्यु तर न कुनै गणना तर जन्मसंगै निश्चय भने छ । जव व्यक्ति मृत्युवरण गर्न पुग्छ, त्यसपछि भौतिक मानवसंरचनाले भार बोक्न चाहदैन । जिवनको सोहिकारण मृत्यु पश्चात शरीर माटोमा विलीन हुन पुग्छ । मृत्युले जिवनको परिभाषा नै बदलिदिएको छ भने जिवन जिउने कलालाई मृत्यु पर्खने माध्यम बनाइराखेको छ । जिवनको अनत्यष्टीका निम्ती धेरै कारण रहेपनि जिवनको अन्तिम रुप हो मृत्यु । मृत्युले जिवन जिउन्जेलका हरेक प्रक्रिया र जिवित राख्नका लागि गरिएका हरेक क्रियाकलापहरुको समष्टिगत यथार्थता बोकिदिएको हुन्छ । जस्तोसुकै परिस्थितिमा पनि आइपुग्ने । हाल, समय परिवेश नहेर्ने मृत्यु आफैमा भयावह विषय वन्न थालेको छ ।
सकरात्मक, सबल र सक्षम पक्षमा कठोरता देखाउन थालेजस्तै केहि नयाँनयाँ उर्जामा अन्धकार मिसाएजस्तै जिवनको एक रहस्यमा केहि हिनतावोध थपिदिए जस्तो रङ्गीन जिवनको रङ्ग हटाइ रङ्गहिन बनाइएजस्तो, कतै केहि नपुगेको नमिलेको जस्तो मृत्यृसंगको जिन्दगी, जीवनका नयाँ आयामहरुका अस्तित्व विलिन पारिदिए जस्तो, जिबन यात्रामा मोड ल्याइ अन्तै कतै मोडिदिए जस्तो, कति स्वार्थ मृत्यु कति अरुको निम्ति दया करुणा राख्न नसक्ने भाव मृत्यु बे-रहर र बेचयनको एक पुरस्कार मृत्यु, एक कलात्मक वोधसम्म बोकेको हतियार मृत्यु, गुनगान गाउदागाउदै क्षणभरमा स्मृतिमा पुगाउने एक क्षमता मृत्यु, जिवनको अन्तिम रुप अनि विश्रामको आश्रय स्थल हो मृत्यु ।
जन्मपश्चात सिकेका सस्कार, लिएका ज्ञान सबै कुरा सङ्गठन गरिसक्ने सिमारेखा हो मृत्यु केहि सबलता केहि दुर्वलता र जिवनका मोडलहरुको दौडानपश्चातको एकमात्र आश्रयस्थल हो मृत्यु । अदृश्य र भयावह चोटको माध्यम हो मृत्यु । सजिलै अङ्गमाल गर्न नसकिने तर कहि न कहि स्विकार गर्नु नै पर्ने यथार्थता हो मृत्यु । जीवन दौडान्तरको एक अवरोध हो मृत्यु । कहिकतै कल्पना हो मृत्यु कहिकतै अभ्यास हो मृत्यु । स्वरुप परिवर्तनको एक कहानी हो मृत्यु । कौतुहलता कोलाहलता र समर्पणको एक आभास हो मृत्यु । देह त्याग र आत्मा स्वतन्त्रताको एक मुल भाव हो मृत्यु ।
एउटा फुल कोपिलादेखी जीवन सुरु गरि बिज छाडी ओईलाईदिन्छ, समर्पित जीवन सकिदिन्छ तर बोट्को आफ्नै चक्र चलिरहेको हुन्छ । गणना हुन्छ दिन रात चक्र परिवेश अनि सोही अनुरुप चलिरहेको जिवनान्तर तर यकिन भने हुदैन भेटिदैन ठ्याक्कै परिकल्पना जिवन्त जिवसामु । मृत्यु एक परिवेश हो, विकल्प हो, बिबशता हो बाध्यता हो अनि यथार्थ हो ।
विनिता सापकोटा, देवदह
इमेलः Sapkotabinita2078@gmail.com
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology