Logo

२०८३, आश्विन १०गते


images
images

संघर्ष र सफलता

सियो धागोमा सुनामका सपना 

सियो धागोमा सुनामका सपना 

यो पेशा रोज्नु परिवर्तनका लागि एक लडाइँ थियो, कठिन यात्रा पनि । तर पनि निर्मललाई त्यही कठिन यात्रामा परिश्रम गर्ने इच्छा जाग्यो । 
images
  • सियो धागोमा सुनामका सपना 
    images
    images

    रेशम अधिकारी, रूपन्देही। निर्मल सुनामलाई जब कपडा सिलाउने पेशा प्रति आकर्षण बढेको थियो त्यसबखत कपडा सिलाउने पेशालाई त्यति सम्मान दिइदैन थियो । सिलाएको लुगा स्वीकार गरेपनि सिलाउने व्यक्तिलाई तल्लो दर्जाले हेर्ने गरिन्थ्यो । अहिले आम्दानी यसमा नै रहेछ भनेर सबै समुदायका व्यक्तिले यो पेशा अङ्गालेका छन् । तर त्यसबेला भने यो पेशा रोज्नु परिवर्तनका लागि एक लडाइँ थियो, कठिन यात्रा पनि । तर पनि निर्मललाई त्यही कठिन यात्रामा परिश्रम गर्ने इच्छा जाग्यो । 

    images
    images
    images


    पाल्पाको रैनादेवी छहरा जन्मेका निर्मल सुनामका बुबाले पनि कपडा सिउँथेँ। त्यसबखत कपडा सिउने पेशालाई हेर्ने दृष्टिकोण परिवर्तन गरेर सिउने पेशालाई व्यवसायिक सावित गर्ने अठोट लिएरै सुनामले यश पेशामा हात हालेका थिए । कक्षा ८ सम्म बल्लतल्ल अध्ययन गरेका सुनामको परिवारमा आर्थिक अवस्था निकै कमजोर थियो । परिवारको आर्थिक अवस्था उकास्न र समाज रूपान्तरण गर्ने दुई लक्ष्यका साथ पढाई बीचैमा बिट मारेर सुनाम काठमाडौं गएका थिए। अन्जान सहरमा सहज  थिएन सहजै गन्तव्य भेटाउन तर सुनामले हार मानेनन् । महीना दिन काम गर्यो घर जाने बेला साहुले पैसा नदिदा भोको भेट र रित्तो गोजी घर फर्केको तितो अनुभव उनी सँग ताजै छ ।

    images
    images
    images
    346119047_690854479474003_8147676718652884674_n.jpg


    देवदहमा पहिलो टेलर्स पनि सुनाम कै

    images
    images
    images

    कामको सिलसिलामा काठमाडौँ देखि भारतको कुरू क्षेत्रसम्म पुगे तर मनको शान्ति कहिँ भेटेनन् । एक दिन उनले सोचे कति अरुको ठाउँमा  काम गर्ने आफ्नै माटोमा केही गर्छु। आत्मविश्वास, सङ्कल्प र केही गर्ने हुटहुटिले उनि देश फर्किए। गाउमा आमाको निधन पछि उनी बुबा सहित सपरिवार रूपन्देहीको देवदह झरे । उनको सपना थियो आफ्नै पसल खोल्ने एक सिलाइ मेसिन सहित सुरु गरे सिलाइ कटाई व्यवसाय । उनले भनेँ 'मैले देवदहमा सिलाइ कटाइ गर्दा मेरो एक्लो टेलरिङ्ग थीयो, देवदहमात्र नभएर सुनवल सम्मका आउने गर्थे अहिले यहाँ ५० बढी पसल छ्न् । उनले सो पेसामा चुनौती भन्दा अवसर बढी भएको बताए ।

    पूर्व युवराज पारसलाई आफैले कोट सिलाएर लगाइदिएका थिए सुनामले

    त्यसबेला देवदहका स्थानीयले कोट लगाउने गरेका थिएनन् वा भनौँ जानेका पनि थिएनन्। "एक दिन पुर्व राजा को छोरा पारस सरकार आउने कार्यक्रम थियो । उनलाई कार्यक्रममा कोट लगाइ लान पर्ने भाग्यवस भनौँ सो अवसर मैले पाए । सोहि कार्यक्रममा मैले मेरो पसलमा दौरा र कोट पहिलो पटक सिलाइ पारसलाई लगाइदिएर स्टेज चडाए‚ त्यसपछि यहाका मान्छेहरूले दौरा र कोट लगाउन सुरु गरे´। लुगाकोलागी म पहिलो रोजाइमा छु जस्तो लाग्छ किनकि म गुणस्तरीय काममा मात्र बिश्वास गर्छु । सुनामले तिन पुस्ता को लुगा सिलाइ सकेको बताउँछन् । 

    आफूले मात्र लुगा सिलाएनन् सयौँलाई सिकाए पनि 

    सुनामले सिलाइ कटाई व्यवसाय मात्र गरेनन् उनले सयौँ युवायुवतीलाई  सिकाए पनि। उनले सिकाएले कोहि आफ्नै पसल खोलि बसेका छन त् कोही सोही पेसाको सिलसिलामा परदेश पुगिसके  । सुनामका छोराहरू पनि हाल यहि पेसामा आवद्ध छन् । चुनौतीपूर्ण यात्रा रोजेका सुनाम अहिले निकै खुसी छन् । " मैले सोचेको सबै पूरा भयो हेर्नुस् लुगा सिलाउने व्यक्तिलाई हेर्ने नजर पनि फेरियो धेरैले व्यवसायिक रुपमा स सम्मान यो पेशा अँगालेका छ्न् ।"सुनामले सुनाए । आफ्ना सबै उद्देश्य पूरा भएपछि सुनाम अहिले दंग छन् ।

    सुनामको भिडियो सामाग्री  :

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।