काठमाडौं- आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति प्रदान दिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचनको लागि चाहिने सामाग्री लगायत अन्य सामग्रीहरू खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुने मन्त्रालयले जानकारी दिएको छ ।
२०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मंसिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको हो।
प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्ने कदमविरुद्ध परेका रिटमा अहिले सर्वोच्च अदालतमा बहस जारी रहेको छ । यसअघि पनि सरकारले गत वैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न गर्ने भनी प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि चुनावको मिति तोकेको थियो । त्यो बेला सर्वोच्चले संसद् विघटन बदर गरिदिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology