Logo

२०८३, आश्विन १२गते


images
images

मुख्य समाचार

दरबारक्षेत्रको भग्नावशेष रहेको भन्दै देवदह खयर डाँडामा उत्खनन सुरु

दरबारक्षेत्रको भग्नावशेष रहेको भन्दै देवदह खयर डाँडामा उत्खनन सुरु

images
  • दरबारक्षेत्रको भग्नावशेष रहेको भन्दै देवदह खयर डाँडामा उत्खनन सुरु
    images
    images

    रुपन्देही । गौतम बुद्धको मावली स्थल देवदहको दरबार क्षेत्र अनुमान गरिएको देवदहको खयरडाँडामा बुधबारदेखि उत्खनन सुरु गरिएको छ। लुम्बिनी विकास कोषले आर्थिक वर्ष ०७९/८० को वार्षिक कार्यक्रमअनुसार देवदह ९ घोडाहा खयरडाँडामा उत्खनन सुरु गरिएको हो।

    images
    images
    images

    कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका मेयर ध्रुव खरेलले संयुक्त रूपमा उत्खननको शुभारम्भ गरेका हुन्।

    images
    images
    images

    देवदह नगरपालिका ९ स्थित घोडाहा खयरडाँडामा लामो समयदेखि दरबारक्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयहरूले आवाज उठाउँदै आएका थिए। देवदहका स्थानीय समेत रहेका कोषाध्यक्ष भट्टराईले देवदहका स्थानीय र विभिन्न अभियान्ताहरूले दाबी गरेअनुसार देवदहको खोजीका लागि उत्खनन महत्त्वपूर्ण बन्ने बताए।

    images
    images
    images

    कोषले बौद्धपुरातात्त्विक क्षेत्रहरूको उत्खनन र संरक्षणमा पुरातत्त्व महाशाखालाई बलियो बनाएर अभियान सञ्चालन गर्ने योजनामा रहेको उनले जनाए। देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरूको पुरातात्त्विक उत्खनन गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले उत्खनन थालेको उनको भनाइ छ।

    ‘देवदह कुन हो, त्यसका लागि पुरातात्त्विक रूपमा पुष्टि हुन बाँकी छ। तर खयरडाडा पुरातात्त्विक स्थल रहेकोमा कुनै शंका छैन,’ उनले भने।

    देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालीन पुरातात्त्विक स्थलका रूपमा विगतको उत्खननले प्रमाणित गरेकाले त्यहाँको पुरातात्त्विक स्थलहरूको संरक्षण गर्दै पर्यटकीय आर्कषणको केन्द्र बनाउन नगरपालिकाले काम गर्नुपर्नेमा उनले जोड दिए।

    उत्खनन् शुभारम्भ कार्यक्रममा देवदह नगरपालिकाका मेयर ध्रुव खरेलले खयरडाँडा क्षेत्र नै कोलिय गणराज्यको राजधानीको दरबार क्षेत्र रहेको जानकारी दिए।

    उत्तरतर्फ पुष्करणी दह, पश्चिमपट्टी रोहीणी नदी रहेकाले यही क्षेत्र नै देवदह भएको आफुहरूको विश्वास रहेको उनले उल्लेख गरे। लुम्बिनी विकास कोषले खयरडाँडामा उत्खनन सुरु गरेर पुरातात्त्विक स्थल र बुद्धको मावली गाउँ देवदहको खोजीका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ छ।

    खयरडाँडामा भेटिएका पुरातात्त्विक वस्तु र स्मारकहरूलाई नगरपालिकाले संग्रालय बनाएर राख्ने स्पष्ट पारे।

    लुम्बिनी विकास कोषका पुरातत्त्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा ७ जनाको टोली उत्खननमा खटिएको छ। लामो समयदेखि स्थानीयहरूको माग रहे पनि विविध कारण हुन नसकेको उत्खनन यो पटक सुरु गरिएको उनले बताए।

    स्थानीयहरूको दाबीअनुसार खयरडाँडाँ बुद्धको मावली कोलिय गणराज्यको राजधानी देवदहको दरवार क्षेत्र हो। पुरातात्त्विक रूपमा देवदहको पुष्टिका लागि उत्खननले महत्त्वपूर्ण प्रमाणहरू जुटाउने अपेक्षा गरिएको छ।

    उत्खनन शुभारम्भमा देवदह नगरपालिकाका पूर्वमेयर हिरा केसी, उपमेयर विद्यालक्ष्मी गुरुङ, नगर प्रवक्ता गणेश डुम्रे, वडाअध्यक्षहरू मोहन जिसी र कृष्ण अधिकारी, लुम्बिनी बौद्ध विश्वविद्यालयका उकेशराज भुजुलगायत उपस्थित थिए।

    बुधबारदेखि सुरु भएको उत्खनन १ महिनासम्म चल्नेछ। उत्खननमा पुरातत्त्व महाशाखाका प्रमुख उप्रेतीसहित नवराज अधिकारी, शुभेच्छा पोखरेल, निशा पन्थी, अम्बिका सुब्बासहितको टोली खटिएको छ।

    यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातत्त्व विभागले भवानीपुरमा उत्खनन गरेको थियो। कोषले यही आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार कपिलवस्तुको गोटिहवामा चैत २५ गतेदेखि जेठ ३ गतेसम्म उत्खनन गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।