काठमाडौ । मानवअधिकार र वातावरणीय न्यायको क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाहरुको सहभागितामा वातावरणीय अधिकारको सवाल अन्तरक्रिया कार्यक्रम काठमाडौमा सम्पन्न भएको छ।
वातावरणीय अधिकार संजाल- नेपाल, दिगो बिकासका लागी राष्ट्रिय युवा संजालको, सिविस, टिडिएच् जर्मनी नेपालको आयोजनामा विश्व वातावरण दिवसको अवसर पारेर बालबालिका तथा युवाहरूको वातावरणीय अधिकार विषयमा वातावरण, जलवायु न्याय, बालबालिका र युवाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था, संजाल एवम् नागरिक समाजबीच अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।
वन तथा वातावरण मन्त्री मा. डा. वीरेन्द्र प्रसाद महत्तोको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा. दिनेशराज भुजु र मानवअधिकारकर्मी तथा एस ओ एस बालग्राम नेपालका श्रीराम बजगाइले कार्यपत्र प्रस्तुत वातावरणीय अधिकार मानव अधिकारको महत्वपूर्ण आयाम रहेको बताए ।
कार्यक्रममा बालअधिकार, युवा र वातावरणका क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थाको सञ्जालका प्रतिनिधिहरुले वातावरणीय ह्रास र जलवायु परिवर्तनको मारमा बालबालिका र युवा थप पीडित हुनुपरेको सन्दर्भमा साझा पहलकदमीको लागि स्प्रष्ट प्रावधानसहित कार्यसम्पादन गर्नुपर्ने बताएका छन् ।
वन तथा वातावरणीय मन्त्री डा. वीरेन्द्र प्रसाद महत्तोले नेपाल सरकारले गरेका साझा अन्तराष्ट्रिय क्षेत्रमा गरेका प्रतिब्द्तालाई कार्यान्वयन गर्न क्रियाशील रहेको बताए साथै वातावरण संरक्षण र आम जनसमूदायको वातावरणीय अधिकारको सवाललाई संस्थागत गर्न सामाजिक संघ संस्थासँग सहकार्यलाई गर्ने सधै खुल्ला रहेको बताए ।
कार्यक्रमका अध्यक्ष तथा वातावरणीय अधिकार सञ्जालका राष्ट्रिय संयोजक अमृत देवकोटाले स्रोतको समुचित उपयोग, आम जनताको सहज र सुरक्षित पहुँच, बालबालिका र युवा केन्द्रीत वातावरणीय अधिकार सुनिश्चित हुनुपर्ने र यसका लागि सामाजिक क्षेत्रबाट वहस पैरवी र अभियान निरन्तर जारी राख्ने बताए ।
युवा र बालबालिकाको वातावरणीय अधिकार र जलवायु न्यायको मुद्दा राष्ट्रिय सवाल र प्राथमिकता हुनुपर्ने र यसका लागि एकतृत भइ कार्यसम्पादन गर्ने प्रतिवद्दता जनाउदै कार्यक्रम सम्पन्न भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology