कृष्ण अन्जान, रुरु । लामाे समयपछि आईतवार रुरुक्षेत्र र यस आसपासमा पानी परेपछि केहिदिन देखि परेकाे खडेरी र त्यसले पारेकाे महागर्मीकाे असरबाट मुक्ति मिलेकाे छ ।
पानी परेसँगै बारीमा सुक्नै थालेका मकै र बेलापतेललाई पनि अमृत मिलेको छ र अव तँग्रिने छन ।
यति मात्र हाेईन, यस क्षेत्रमा किसान हरुले बारीमा छरेका मकै पनि नउम्रेकाे र याे पानी परेपछि उम्रिने र नभए फेरि मकै छर्न मिल्ने गरि माटाे भिजेकाे छ ।
रुरुक्षेत्र र आसपासमा लामाे समयपछि ठुलाे पानी परेकाे हाे । पानी नपर्दा यहाँको तापक्रम पनि यस अघिकाे तुलनामा धेरै बढेको र अत्यधिक गर्मीको महशुस गरिएकाे थियाे ।
खडेरी परेसँगै रुरुक्षेत्रका केही गाउँ र बस्ति हरुमा पिउने पानीका मुल सुके सँगै पानीकाे हाहाकार भएकाे थियाे ।
याे वर्षा सँगै पनीका मुल समेत सर्सिने विश्वास गरिएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology