Logo

२०८३, कार्तिक २८गते


images
images

मुख्य समाचार

प्रचण्ड यथास्थितिवादी र अवसरवादी : बाबुराम

प्रचण्ड यथास्थितिवादी र अवसरवादी : बाबुराम

images
  • सेतोमसी सहकर्मी
  • प्रचण्ड यथास्थितिवादी र अवसरवादी : बाबुराम
    images

    काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्ना पुर्व सहकर्मी एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अवसरवादी र यथास्थितिवादी भएको आरोप लगाएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री भट्टराईले माछाको फोटो हाल्दै प्रधानमन्त्री प्रचण्डलाई इंगित गर्दै नेपाली राजनीतिज्ञहरू दास बन्दै गएको भन्दै भीडको पछाडि कुदेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

    images
    images
    images

    जिउँदो माछा र मरेको माछाको फोटो पोस्ट गर्दै भट्टराईले नेपाली राजनीतिको उदाहरण दिएका हुन्। उनले जिउँदो माछा पानीको घार र छालविरुद्ध पौडिने तर मरेको माछा धार र छालसँगै बग्ने भन्दै नेपाली इतिहासले सबैको परीक्षा लिँदै गएको र त्यसमा विवेक प्रयोग गर्न सुझाएका हुन्।

    images
    images

    पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल निष्ठाको राजनीतिकभन्दा भीडका पछि कुदेकोमा असन्तुष्टी पोख्दै उनले यथास्थितीवादी र अवसरवादीको संज्ञा दिएका छन्।

    प्रधानमन्त्री दाहालले एक पछि अर्को गल्ती गरेको उनको भनाइ छ। भट्टराईले पाँच मन्त्रीका साथ पशुपतिमा दर्शन गर्न गएकोमा प्रधानमन्त्री हिन्दू राष्ट्रको वकालत गर्न लागेको भट्टराईको बुझाइ छ।

    भारतको महाकालेश्वरमा मन्त्रीको फौज लिएर पूजा गर्न पुगेका प्रधानमन्त्री दाहाल त्यसको एक हप्तापछि अर्थात् शनिबार उही मन्त्री लिएर पशुपतिको दर्शनमा पुगेका थिए। त्यो बेला पनि भट्टराईले मन्त्री लिएर पुग्नु राजनीतिक भएको टिप्पणी गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।