Logo

२०८३, आश्विन १०गते


images
images

मुख्य समाचार

नदीजन्य पदार्थ उत्खननमा रोक

नदीजन्य पदार्थ उत्खननमा रोक

images
  • सेतोमसी सहकर्मी
  • नदीजन्य पदार्थ उत्खननमा रोक
    images
    images

    भालुवाङ। दाङ–देउखुरीको राप्तीमा करिब एक महिनादेखि भईरहेको नदीजन्य पदार्थ उत्खनन् आइतबारदेखि रोकिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य नेतृत्वको अनुगमन टोलीले एक महिना देखि मापदण्ड विपरित ठुला–ठुला मेसिन प्रयोग गरी भईरहेको नदीजन्य पदार्थ उत्खनन् बन्द गराएको हो ।

    images
    images
    images

    एक महिना सम्म रमिते बनेका जनप्रतिनिधि र प्रजिअले आइतबार बल्ल नदी तथा खोलाको अनुगमनमा निस्किएका थिए । देउखुरीको राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिका क्षेत्र भित्र पर्ने राप्ती सहित अन्य खोलामा दिनरात ठुला–ठुला मेसिन प्रयोग गरी मापदण्ड विपरित उत्खनन् हुँदा समेत स्थानीय सरकार र प्रशासन मुकदर्शक बनेका थिए ।

    images
    images
    images

    राप्ती नदी चुरे क्षेत्रमा पर्दछ, चुरे क्षेत्रमा ठुला मेसिनको कुरा त परै जओस्, समान्य डोजर, ट्रिप्पर समेत प्रयोग गर्न नमिल्ने कानुनी प्राबधान छ । तर नीति, विधि र मापदण्डलाई समेत कुल्चिएर आफू खुसी मनलाग्दी ठुला–ठुला मेसिन प्रयोग भएको स्थानीय वातावरणप्रेमी तथा सामाजिक अभियान्ता जगतप्रसाद पोख्रेलले बताए । उनले राज्यको जिम्मेवार निकाय र जनप्रतिनिधिको मिलोमतोबिना उत्खनन् नहुनै नसक्ने जिकिर गरे ।

    images
    images
    images

    केही दिन पहिले राप्ती नदीको १ नम्बर इन्टेक पाखापानी नजिक सिचाईका लागि भन्दै प्रगन्ना तथा बड्कापथ सिचाई व्यवस्थापन कार्यालय लमहीको सिफारिसमा राप्ती गाउँपालिकाले समेत आफूखुसी ठुला–ठुला मेसिन प्रयोग गर्न अनुमति दियो । त्यसपछि स्थानीय सामाजिक अभियान्ताहरूले जथाभावी तथा मापदण्ड बिपरित उत्खनन् भएको भन्दै बिरोध जनाएपछि पालिकामा सर्वदलीय, सर्वपक्षीय बैठक बसी नदी अनुगमन गरी सिचाईका लागि अब कुलो खन्नुनपर्ने सहमतिमा उत्खनन् बन्द गर्ने सहमति भएपनि उक्त सहमतिको समेत उल्लंघन गरी ठेकेदार पक्षले जथाभावी, मनलाग्दी र मापदण्ड बिपरित उत्खनन् गर्दा समेत स्थानीय सरकार केही गर्न नसकेको र पालिका अध्यक्षकै मिलोमतोमा उत्खनन् गरिएको समाजिक अभियान्ता पोख्रेलले आरोप लगाए ।

    यो बर्ष पनि जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला समन्वय समिति दाङको सहमतिमा राप्ती, गढवा र राजपुर गाउँपालिका तथा लमही नगरपालिकाले राप्ती नदी तथा अन्य खोलाहरूमा समेत ठुला–ठुला मेसिन प्रयोग गर्न अनुमति दिई उत्खनन् गर्न दिएको स्थानीयबासीहरूले बताएका छन् । यस बर्ष मापदण्ड विपरित मनलाग्दी उत्खनन् हुँदा समेत स्थानीय सरकार रमिते बन्नु र नियमन समेत गर्न आलटाल गर्नुलाई सजिलै मिलोमतो रहेको प्रष्ट हुने आर्का सामाजिक अभियान्ता धर्मराज अधिकारीले बताए । उनले मिलोमतो र सेटिङ्ग बिना यसरी दिनरात उत्खनन् गर्न कसैको हिम्मत नहुने तर्क गरे ।

    गत बर्ष समेत राप्ती नदीहरूमा ठुला–ठुला मेसिन प्रयोग भएको सुचना पुगेपछि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले राप्ती, गढवा गाउँपालिका र लमही नगरपालिकालाई पत्रचार नै गरी तत्काल स्काभेटर तथा डोजर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् बन्द गर्न निर्देशन नै दिएको थियो । यसबर्ष पनि राप्ती नदीमा भईरहेको उत्खनन्को चौतर्फी विरोध भएपनि राज्यका जिम्मेवार निकाय गम्भीर बन्नुको साटो उत्खनन्लाई प्रश्रय दिएको स्थानीय प्रकृतिप्रेमिहरूले आरोप लगाएका छन् । उता राजपुर गाउँपालिकाले जथाभावी नदीमा उत्खनन् गर्न दिएको भन्दै केहीदिन अघि स्थानीयबासीले गाउँपालिका कार्यालय घेराउ गर्नुका साथै नाराबाजी समेत गरेका थिए ।

    प्रकृतिप्रेमी तथा सामाजिक अभियान्ताहरूले बारम्बार नदीजन्य पदार्थ उत्खनन्को बिरोध गर्दा समेत जिम्मेवार निकाय मुकदर्शक बनेको भन्दै आपत्ति समेत जनाएका थिए । चर्काे दबाब र आलोचना पछि आइतबार बल्ल फुर्सद पाएको सिडियो कार्यालय सहितको अनुगमन टोलीले राप्ती नदी सहित अन्य खोलाको अनुगमनपछि तत्काल उत्खनन् बन्द गर्न प्रजिअ बैद्यले निर्देशन दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।