Logo

२०८३, आश्विन ९गते


images
images

स्थानीय तह

नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन

नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन

images
  • सेतोमसी सहकर्मी
  • नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन
    images
    images

    रुपन्देही ।  शिक्षा क्षेत्रलाई विशेष व्यवस्थापन गरि उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने योजना बनाउनको लागि ओमसतियावासीले गाउँपालिकालाई सुझाव दिएका छन्  ।

    images
    images
    images

    गाउँपालिका परिसरमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट निर्माण सम्बन्धी सरोकारवालाहरुसंग रायसुझाव संकलन तथा छलफल कार्यक्रममा आ–आफ्ना भनाई राख्दै पालिकाका विभिन्न वडावासीहरुले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, विकास निर्माणका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गनुपर्ने सुझाव दिएका छन् ।

    images
    images
    images

    कृषि ज्ञान केन्द्र रुपन्देहीको अनुरोध जिल्ला भरि रसायनिक मलको बिक्री वितरण गर्ने सम्पुर्ण बिक्रेताहरुलाई सो संस्थाहरु मार्फत गर्न हुन अनुरोध छ । पालिकामा रहेको सार्वजनिक जमिनको संरक्षण गर्नुपर्ने, व्यवसाय दर्ता प्रक्रिया सहज बनाउनु पर्ने, पालिका भित्र संचालनमा रहेका विभिन्न उद्योगहरुमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने लगायतका सुझाव पेश गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले जानकारी दिए ।

    images
    images
    images

    वजेट निर्माणको पुर्वसन्ध्यामा आयोजना गरिएको कार्यक्रममा विद्यालयको भौतिक पुर्वाधारसंगै अनलाईन शिक्षाका लागि सामान खरीद गर्दा प्रधानाध्यापकलाई सहभागी बनाउनु पर्ने, शिक्षकको पोशाक देखि मोवाईल सम्मका सुविधा पालिकाले उपलब्ध गराउनु पर्ने शिक्षकहरुले माग गरेका छन् ।

    यस्तै पालिकाले दिदै आएको उपचार खर्चको सट्टा गाउंमै २५ शैयाको अस्पताल निर्माण गरी सबै गाउंवासीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न पनि स्थानीयले सुझाव दिएका छन् । खुल्ला सिमा नाका नजिक रहेको पालिकामा लागु औषध दुव्र्यसनीमा परेका युवायुवतीलाई लक्षित गरी सचेतनामुलक कार्यक्रम संचालन गर्नुका साथै सुधार केन्द्र स्थापनाका लागि वजेट विनियोजन गर्न उनीहरुको सुझाव छ ।

    बजेटमा महिला, वालवालिका, अपांगता भएका समुह, युवा, जेष्ठ नागरिक सबैलाई समेट्ने गरी वजेट ल्याउन गाउंवासीहरुले सुझाव दिएको पालिकाका अध्यक्ष मन्जित कुमार यादवले बताउनुभयो । जनताको भावना समेटेर आगामी बजेट बनाउने यादवले प्रतिवद्धता जनाएका छन्। महिला तथा वालबालिकालाई समेट्ने गरेर बजेट ल्याईने पालिकाका उपाध्यक्ष सुनिता चौधरीले बताए।

    कार्यक्रममा पालिकाका विभिन्न संघसंस्था, स्थानीय क्लब, समुहका प्रतिनिधिहरुको सहभागिता रहेको गाउँपालिकाका प्रवक्ता मदन प्रसाद पोखरेलले बताए  ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।