काठमाडौँ। नेपालमा मनसुन प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन नेपाल प्रवेश गरेको हो।
महाशाखाले कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन आइपुगेको जानकारी दिएको छ। मनसुन जेठ २६ गते भारतको केरला पुगेको थियो । त्यहाँबाट नेपालमा पाँच दिनपछि आइपुगेको हो।
नेपालमा सरदर जुन १३ मा मनसुन भित्रन्छ। यसपालि एकदिन ढिला गरी मनसुन प्रवेश गरेको महाशाखाले जनाएको छ।
मनसुन पूर्वबाट झापा हुँदै नेपाल प्रवेश गर्ने मनसुन नेपालभरी फेलिन केही दिन लाग्छ। मौसमविद् विनु महर्जनका अनुसार पश्चिमी भूभागमा मनसुनी वर्षा हुन अझै केही दिन लाग्ने बताइन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology