Logo

२०८३, आश्विन १०गते


images
images

मुख्य समाचार

वान एक्स बेटमार्फत प्रयोग गरी ७४ करोड १३ लाख ठगी

वान एक्स बेटमार्फत प्रयोग गरी ७४ करोड १३ लाख ठगी

images
  • सेतोमसी सहकर्मी
  • वान एक्स बेटमार्फत प्रयोग गरी ७४ करोड १३ लाख ठगी
    images
    images

    काठमाडौँ। अनलाइनबाट कारोबार गर्न मिल्ने बेटिङ एप्लिकेसन, वान एक्स बेटमार्फत ठगी गर्ने पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ।

    images
    images
    images

    विभिन्न एपसबाट सट्टाबाजी लगाउन रकम संकलन गर्नेलाई उपत्यका अपराध महाशाखाको प्रहरी टोलीले काठमाडौंको मैजुवहाल, पेप्सीकोला, ठिमी, सानो भर्याङलगायतका स्थानबाट पक्राउ गरेको हो।

    images
    images
    images

    पक्राउ पर्नेहरुमा कैलालीको लम्कीचुहा नगरपालिका–१० का २९ वर्षीय दीनेश खड्का, काभ्रेपलाञ्चोक पाँचखाल नगारपालिका–४ की अनिता धिताल, भक्तपुर मध्यपुरठिमी नगरपालिका–४ का २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनलपुर भिमदत्त नगरपालिका–१८ का २५ वर्षीय दिनेश चन्द, नुवाकोट ककनी गाउँपालिका–७ का २४ वर्षीय अशिष लामिछाने रहेका छन्।

    images
    images
    images

    उनीहरुले विभिन्न एपसबाट ७४ करोड १३ लाख ५० हजार ७७१ रुपैयाँ ठगी गरेको अपराध महाशाखाका प्रमुख एसएसपी मनोजकुमार केसीले जानकारी दिए। उक्त रकममध्ये दिनेश खड्काले ६४ करोड १७ लाख ८८ हजार ७७१ रुपैयाँ ठगी गरेका छन्।

    यस्तै दिपेश श्रेष्ठले ५ करोड ५४ लाख ६६ हजार, दिनेश चन्दले ४५ लाख, आशिष श्रेष्ठले २ करोड ९८ लाख ९६ हजार, आशिष लामिछानेले ३७ लाख ठगी गरेका छन्।

    ठगीमा संलग्न रहेको आरोपमा उनीहरुलाई हिजो मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। उनीहरुको साथबाट प्रहरीले ल्यापट, मोबाइल, चेकलगायतको सामाग्री बरामद गरेको छ।

    यस कार्यमा संलग्न रहेको आशंकामा अन्यको पनि खोजी भइरहेको एसएसपी केसीले बताए।

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।