Logo

२०८३, कार्तिक २८गते


images
images

सगरमाथा आरोहण गर्ने रोकायालाई स्वागत

सगरमाथा आरोहण गर्ने रोकायालाई स्वागत

images
  • सेतोमसी सहकर्मी
  • सगरमाथा आरोहण गर्ने रोकायालाई स्वागत
    तस्बिर: रमेश बहादुर सिंह, बझाङ
    images

    रमेश बहादुर सिंह, बझाङ। सुदूरपश्चिम क्षेत्रबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने बझाङको साइपाल गाउँपालिकाकी संगीता रोकायालाई आज सदरमुकाम चैनपुरमा एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरिएको छ । 

    images
    images
    images

    सम्मान कार्यक्रममा जिल्ला समन्वय प्रमुख लगायत जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूले रोकायाको उच्च प्रशंसा गर्दै फुल, माला, खादा र  अबिरले  स्वागत तथा सम्मान गरेका थिए। कार्यक्रममा साइपाल गाउँपालिका वडा नं ४ घर भएकी २६ वर्षीय संगीता रोकायाले जेठ ३ गते विश्वको उच्च शिखर सगरमाथा आरोहण गरेकी थिइन्।

    images
    images
    images

    संगीताले आफू सगरमाथा आरोहण को यात्रा स्मरण र आफ्नो  विगतको लक्ष्य बारे जानकारी गरेकी थिइन्। सगरमाथा आरोहण का क्रममा संगीतालाई आर्थिक समस्या परेको जानकारी भएपछि जिल्ला समन्वय प्रमुख नर बहादुर बोहराले सबै पालिका सग समन्वय गरी जयपृथ्वी नगरपालिका र बुगल नगरपालिकाले एक एक लाख आर्थिक सहयोग गर्ने र उनको जन्म भूमि साइपाल गाउँपालिका बाहेक अन्य पालिकाबाट ८० हजार सहयोग गर्ने पनि कार्यक्रममा जानकारी गरिएको छ। स्वागत तथा सम्मान कार्यक्रम मा संगीता आफ्नो  सगरमाथा यात्रा को स्मरण र पारिवारिक समस्याका कारणले भावुक पनि भनेकी थिइन्। साथै संगीताले सुदूरपश्चिम मा प्रदेश  रहेको छाउपडी प्रथा को न्यूनिकरण गर्नेलाई पनि आफ्नो  सगरमाथा आरोहण यात्रले सहयोग पुगेको बताइन्। उनी  साहस र आत्मबल नै सफलता को आधार भएको बताइन्।

    images
    images

    कार्यक्रममा जिल्ला स्थित बिभिन्न अधिकार कर्मी संघ संस्थामा काम गर्ने महिलाहरूको पनि सहभागिता रहेको थियो। सगरमाथा आरोहणका लागि लगभग ३५ लाख जति खर्च भएको बताइन्। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।