Logo

२०८३, श्रावण ३०गते


images
images

विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय

विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय

images
  • सेतोमसी सहकर्मी
  • विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय
    images
    images

    कृष्ण अन्जान, गुल्मी-रुरुधाम ।  राष्ट्रिय स्वतन्त्र पार्टीले रुरुक्षेत्रकाे रिडीबजारमा पार्टीको सम्पर्क कार्यालय स्थापना गरेसँगै पार्टी कार्यालय खाेलेकाे भवनका विषयमा टीका टिप्पणी शुरु भएकाे छ ।

    images
    images
    images

    रुरुक्षेत्र गाउँपालिका वडा न १ मा रहेको माेति बालकुमारी स्वास्थ सेवा भवनमा रहेकाे नमस्ते चस्मा पसलको बाेर्डसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालयकाे बाेर्ड टाँगिएको छ र नमस्ते चस्मा पसल राष्ट्रिय स्वतन्त्र पार्टीका रुरुक्षेत्र गाउँपालिका सभापति हुतराज गौतमकाे हाे ।

    images
    images
    images

    माेति बालकुमारी ज्ञवालीले रुरु स्वास्थ केन्द्रलाई दिएकाे भवनमा यसअघि स्वास्थ केन्द्र रहेको र हाल स्वास्थ केन्द्रकाे नयाँ भवन बनेपछि यस भवनलाई भाडामा लगाई भाडा असुल्दै आईएकाे छ र यहि भवनमा सभापति गौतमले अगाडि एउटा र पछाडि अर्काे काेठा भाडामा लिई लामाे समयदेखि चस्मा पसल सन्चालन गरेका छन ।

    images
    images
    images

    एक पक्षले याे भवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय राख्नु उचित नभएको तर्क दिईरहेका छन र भाडा तिरेको भएपनि राजनीतिक सँस्थाका पदाधिकारीलाई जानकारी नभएको बताई रहेका छन ।

    यसबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष गौतम सँग सम्पर्क गर्दा आफुले कागज गरेर सँस्थाले भने अनुसारकाे भाडा तिर्ने गरि काेठा भाडामा लिएकाे र आफुले लिएकाे काेठामा राजनीतिक गतिविधिकाे  प्रयाेजन भन्दापनि सम्पर्कका लागि उपयाेग गरेकाे बताए । 'मैले आफ्नो भाडा तिरेको काेठा प्रयाेग गरेकाे हाे, कानुनले हट्नुपर्छ भन्याे भने हट्ने हाे' सभापति गौतमले भने ।

    सभापति गौतमका अनुसार यसअघि करिब तीन वर्ष यहि काेठामा रिटर्नि माईग्रेन्ट नेपालकाे सम्पर्क कार्यालय रहेको थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।