Logo

२०८३, आश्विन १०गते


images
images

गण्डकी सरकार आज बजेट ल्याउदैँ

गण्डकी सरकार आज बजेट ल्याउदैँ

images
  • गण्डकी सरकार आज बजेट ल्याउदैँ
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि गण्डकी प्रदेश सरकारले शुक्रबार बजेट सार्वजनिक गदैछ । बजेट प्रस्तुत गर्नका लागि दिउँसो तीन बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । अर्थिक मामिला मन्त्री जित प्रकाश आलेले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रदेश सभा सचिवालायले जनाएको छ ।

    images
    images
    images

    आर्थिक मामिला मन्त्री आलेले केही नयाँ अभ्यास गर्ने बताउदै आएका छन् । यसपटक भौतिक पूर्वाधारतर्फ ३० लाख र खानेपानी तथा सिँचाइतर्फ १० लाख कमका योजना नहाल्ने गरी थ्रेसहोल्ड र कृषिमा दिइदै आएको अनुदान कटौती गर्ने मन्त्री आलेले सकेत गरेका छन् । सिँचाइ र खानेपानीमा पनि नयाँ आयोजनालाई १० लाखभन्दा कम नराख्ने आलेले बताएका छन् । सरकारले पुराना आयोजनाको निरन्तरता साथै १५/२० वटा नौलो र ठूला आयोजना बजेटमा समेटेने तयारी गरेको छ ।

    images
    images
    images

    खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन कृषिलाई प्राथमिकतामा राख्ने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बताउदै आएका छन् । आलोचित बनेको पूर्वाधार विकास कार्यक्रमलाई भने नाम परिवर्तन गरेर भए पनि निरन्तरता दिनेमा सरकार पुगेको छ । संघ सरकारबाट आउने अनुदानमा कमी र आन्तरिक आम्दानी पनि कमजोर हुदा सरकार बजेटको अकाकार घटाउनु पर्ने दवावमा छ ।

    images
    images
    images

    गण्डकी प्रदेशले ५ अर्ब ९ करोड राजश्व उठाउने लक्ष्य राखेकोमा करिब ३ अर्बको हाराहारीमा मात्र उठ्न सक्ने अर्थमन्त्रालयको अनुमान छ । संघीय सरकारले चालु आर्थिक वर्षमाभन्दा २ अर्ब ९३ करोड ९२ लाख कम अर्थात १३ अर्ब ६० करोड अनुदान दिने बजेटमार्फत उल्लेख गरेको छ ।

    जसका कारण चालु आर्थिक वर्षमा ३५ करोडको बजेट ल्याएको गण्डकी सरकारले आगामी आर्थीक वर्षका लागि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने अनुमान गरिएको छ । जेठ मसान्त सम्म सरकारले करिब ४५ प्रतिशत अर्थात १५ अर्ब ५० करोड खर्च गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजेट ल्याउदैँ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।