Logo

२०८३, आश्विन १०गते


images
images

राष्ट्रिय माध्यमिक विद्यालयको सार्वजनिक सुनुवाइ 

राष्ट्रिय माध्यमिक विद्यालयको सार्वजनिक सुनुवाइ 

images
  • सेतोमसी सहकर्मी
  • राष्ट्रिय माध्यमिक विद्यालयको सार्वजनिक सुनुवाइ 
    images
    images

    कृष्ण अन्जान, गुल्मी l  रुरुक्षेत्र गाउँपालिका वडा नं ३ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले पहिलोपटक सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरेको छ  ।

    images
    images
    images

    थोर्गाको कोटमा रहेको कभर्डहलमा विहीबार विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय सल्लाहकार समितिका पदाधिकारी सँगै सरकारवाला, अभिभावक, शिक्षक विद्यार्थी, जनप्रतिनिधि, सञ्चारकर्मीको उपस्थितिमा विद्यालयका शैक्षिक तथा भौतिक उपलब्धीहरू विद्यालयका तर्फबाट प्रस्तुत गरिएपछि अभिभावकहरूले सुझाव र गुनासाहरू प्रस्तुत गरेका थिए ।

    images
    images
    images

    सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्नो भनाई राख्दै लुम्बिनी प्रदेश सभाका पूर्व सांसद तथा राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल राज श्रेष्ठले  सार्वजनिक सुनुवाइ मार्फत विद्यालयका गतिविधिहरूलाई जानकारी दिँदै अभिभावकलाई विद्यालयले गरेका शैक्षिक कृयाकलाप, विद्यार्थीको शैक्षिक अवस्था र विद्यालयको भौतिक, आर्थिक अवस्था सँगै विद्यालयका समस्या र समाधानका लागि सुझाव सँगै राय संकलन गर्न र प्राप्त राय सुझावका आधारमा अगाडि बढ्ने उद्देश्य राखिएको र यो सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावकारी भएको बताए । शिक्षक, अभिभावकहरूको समन्वयबाट नै शैक्षिक सुधार हुने बताउँदै श्रेष्ठले घर पहिलो पाठशाला भएकाले अभिभावक आफ्ना छाेराछाेरी प्रति जिम्मेवार हुनुपर्ने र त्यसपछि विद्यालयमा शिक्षकले आफ्नो शैक्षिक जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्नु पर्ने उनको भनाई थियो ।

    images
    images
    images

    सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्नो भनाई राख्दै विद्यालयका संरक्षक समेत रहेका रुरुक्षेत्र गाउँपालिकाका पूर्व अध्यक्ष निलकण्ठ गौतमले शैक्षिक गुणस्तर कायम गर्न विद्यालयका तर्फबाट हरेक प्रयास गरिनुपर्ने बताए । कार्यक्रममा बोल्दै रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले सार्वजनिक सुनुवाइ शुसासनकाे कडी भएको बताउँदै यस प्रकारको कार्यक्रमले संस्थालाई आफ्ना कमिकमजाेरी सच्याएर अगाडि बढ्न सहज हुने बताउँदै कुनै पनि संघ संस्था ,स्थानीय तह सबैको यथार्थतालाई सार्वजनिक सुनुवाइ कार्यक्रममा सार्वजनिक गर्ने र आवश्यक सुझाव सल्लाह  मार्फत गल्ती कमजोरी लाई सच्याएर अगाडि बढ्दा संस्था सञ्चालनमा सहजता हुने उनको राय थियो ।

    रुरुक्षेत्र गाउँ पालिका सामाजिक विकास समितिका संयोजक समेत रहेका रुरुक्षेत्र ३ का वडाध्यक्ष शेषनारायण पौडेलले सार्वजनिक सुनुवाइ मार्फत विद्यालयका गतिविधि सर्वसाधारण सम्म पुर्याउने र गुनासा र सुझाव संकलन गर्दै कमी कमजोरी सुधार्ने यो कार्य अत्यन्तै प्रभावकारी भएको बताए । सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै रुरुक्षेत्र गाउँ पालिका शिक्षा शाखा प्रमुख झविलाल वि.क ले राष्ट्रिय माध्यमिक विद्यालयले सार्वजनिक सुनुवाइ मार्फत विद्यालयका शैक्षिक ,भौतिक र आर्थिक पाटोलाई प्रस्तुत गरेर शुसासनकाे क्षेत्रमा राम्रो सुरुवात गरेकोमा प्रशंसा गर्दै बिभिन्न  शैक्षिक गुणस्तर कायम गर्ने कार्यमा  विद्यालयले गरेको प्रयास सह्राहनिय भएको बताए ।

    विद्यालयको बारेमा जानकारी दिँदै राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानध्यापक रमेश ज्ञवालीले विद्यालयले शैक्षिक गुणस्तर कायम गर्न शैक्षणिक सिकाइका हरेक अवयवहरूको प्रयोग गरेको बताउँदै विद्यालयका पहिलो प्राथमिकता नै शैक्षिक गुणस्तरीयता र राम्रो परिणाम  ल्याउने रहेको बताए । सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका जिज्ञासा र सुझावको जवाफ दिँदै प्रधानध्यापक ज्ञवालीले विद्यालय शिक्षक, अभिभावक र विद्यार्थीको समन्वयबाट शैक्षिक विकास र गुणस्तर कायम गर्दै अगाडि बढ्ने हुँदा अभिभावकबाट आएका सुझाव ग्रहण गर्ने र गुनासालाई सकेसम्म सम्बोधन गर्न विद्यालय व्यवस्थापन लाग्ने बताए ।

    राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज श्रेष्ठको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा एक दर्जन भन्दा बढि अभिभावकहरूले सुझाव र गुनासा मौखिक र लिखित रुपमा राखेका थिए । रुरुक्षेत्र गाउँ पालिकाका सहयोग ,राष्ट्रिय माध्यमिक विद्यालय आयोजक रहेको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण रुरु एफएमका तर्फबाट स्टेसन म्यानेजर युगराज बस्याल र पत्रकार कृष्ण अन्जानले गरेका थिए भने कार्यक्रममा स्वागत शिक्षक तारा प्रसाद ज्ञवालीले गरेका थिए ।

    बिक्रम सम्वत् २००८ सालमा आदर्श मिडिल स्कुलको रुपमा थोर्गाको कोटमा स्थापना भएको विद्यालयले  २०१६ सालमा औपचारिक स्वीकृति प्राप्त गरेको हाे ।

    यस विद्यालयमा  हाल कक्षा नर्सरी देखि १२ कक्षा सम्म तीन सय बीस जना विद्यार्थीले अध्ययन गर्ने र शिक्षक र कर्मचारी गरि २८ जना कार्यरत छ । सुविधा सम्पन्न विद्यालय भवन रहेको राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थीहरूको सुविधाका लागि स्कुल बस समेत सञ्चालन गरेको छ । शैक्षिक गुणस्तरका हिसाबले रुरुक्षेत्र गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा राष्ट्रिय माध्यमिक विद्यालय सबैभन्दा अव्बल रुपमा स्थापित छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।