Logo

२०८३, कार्तिक २८गते


images
images

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदन

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदन

images
  • सेतोमसी सहकर्मी
  • प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदन
    images

    काठमाडौँ। प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की अनुमोदन भएका छन् । आज (शुक्रबार) संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो। उनलाई गत वैशाख २५ गते प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो । त्यतिबेला संसदीय समिति गठन नै नभएका कारण हिजोदेखि मात्रै उनको सुनुवाइ सुरू भएको थियो। हिजो उनले आफ्नो वार्षिक कार्ययोजना र योग्यता प्रस्तुत गरेका थिए। उनले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताएका थिए। आफूले गोला प्रथा लागू गरेपछि  न्यायिक विचलन कम हुँदै गएको र  स्वच्छता  गर्ने दिशामा अगाडि बढेको दाबी गरेका थिए।

    images
    images
    images

    सुनुवाइको दोस्रो दिन आज उनीविरूद्ध दर्ता भएका २९ वटा उजुरीबारे समितिका सदस्यहरूले प्रश्न गरेका थिए। जवाफमा कार्कीले आफूमाथि परेका उजुरी प्रमाणीत भए ठाउँको ठाउँ राजीनामा दिने बताए। प्रश्नोत्तरपछि उनलाई सर्वसम्मतीले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो। कार्की साउन १९ देखि अनिवार्य अवकाश हुँदैछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।