Logo

२०८३, कार्तिक २८गते


images
images

मेयर बालेनलाई ७ दिने स्पष्टीकरण

मेयर बालेनलाई ७ दिने स्पष्टीकरण

images
  • सेतोमसी सहकर्मी
  • मेयर बालेनलाई ७ दिने स्पष्टीकरण
    images

    काठमाडौँ। नेपाली वायुसेवाको सर्वोच्च निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौँ महानगरपालिकाका मेयर (प्रमुख) बालेन शाहलाई सात दिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले प्रमुख शाहलाई आज सात दिने लिखित स्पष्टिकरण सोधेको हो ।

    images
    images
    images

    प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारबार महानगरका प्रमुख शाहको निर्देशनमा भत्काइएको आरोप लगाएको छ ।

    images
    images
    images

    का.जि.का.म.न.पा.वडा नं. ९ स्थित नक्सा सिट न. १०२–११४७–१५, कि.नं.३० को जग्गा यस प्राधिकरणले तारबार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरी राखेको विमानस्थल क्षेत्र हो’, प्राधिकरणले भनेको छ ।

    images
    images

    साथै प्राधिकरणले तारवार फेन्सिङ्ग काटी लैजाने कार्यमा शाहको प्रत्यक्ष संलग्नता देखिएको भन्दै स्पष्टीकरण सोधिएको जनाएको छ ।

    प्राधिकरणले शाहलाई सोधेको स्पष्टिकरणको बोधार्थ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई दिएको छ ।

    ‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘म्यादभित्र लिखित स्पष्टीकरण पेश नगरेमा कानुन बमोजिम कारवाही गरिने छ ।’  caan_PYtdR5aBY4.webp

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।