कृष्ण अन्जान, गुल्मी l धेरै समय बुटवल तिर बस्ने रुरुक्षेत्र १ च्यूरेकका लक्ष्मण ज्ञवाली केही दिन देखि आफ्नो पुर्ख्यौली घर सिरानघर छन ।
तराई तिर गर्मी बढेपछि गर्मी छल्न पनि हुने र बारीमा रहेका लिचीका बोटका लिची बेच्न पनि हुने आफन्त इष्टमित्रलाई पाहुर पठाई दिन पनि पाईने ।
यिनै लक्ष्मण ज्ञवालीको आँगनमा रहेको लिचिक बोट नै च्यूरेकमा ल्याईएको लिचिको ईतिहास बोक्ने पहिलो बोट हो जुन अद्यावधिक छँदैछ र बर्सेनि लिचि फलिरहेको छ ।यस्तै एकैपटकको बोट अलि तल्तिर ठुलापोखराका लोक बहादुर क्षत्रीको घरमा पनि छ र यी बोटहरुले चारबिस वर्षको ईतिहास बोक्छन ।
च्यूरेक गाउँ यतिबेला लिचि पाकेर राताम्मै छ । बिहानै देखि पाल्पा, बुटवल, तम्घास, रिडी तिरका व्यापारीले बोराका बोरा लिचि ओसारेका ओसर्याई छन भने आसपासका क्षेत्रबाट एकदुई किलो लिचि किनेर लैजाने र खानेको लर्का नै छ भन्दा हुन्छ ।
यो वर्ष असिना नपरेकाले लिचि बेस्सरी छ बुटामा । रुरुक्षेत्रको थोर्गा स्यालपोखरीबाट पुर्व लागेपछि घरै पिच्छे लिचि रातै पाकेको देख्न पाइन्छ ।
लिचि गाउँ च्यूरेकमा सबै भन्दा बढि बोट कृष्ण बहादुर विक, उपल्लार ओम ज्ञवाली, चौरेली युवराज ज्ञवाली कहाँ छन भने गाेपालज्ञवाली पिपलमुनी कान्छाबा पनि व्यवसायीक लिचि उत्पादक हुन र लिचिको राम्रै दाम पार्ने किसान हुन त्ययता दुई चार हजारको लिचि नबेच्ने च्यूरेकमा घरै छैन ।
यो वर्ष लिचिको दाम पनि राम्रै परेको छ। किन्न आउने व्यापारीले रुप्पेको एक गोटा किनेका छन भने किलोको सत्तरी रुपैया देखि असि रुपैयाँमा बिक्री भएको छ भने बजार पुग्दा लिचि प्रतिकिलो एक सय असि देखि दुईसय रुपैयाँ किलोमा बिक्री भईरहेको छ ।
यो वर्षको लिचि बिगत भन्दा मिठो स्वादमा छ भने भेट्नामा किरो पनि लाएको छैन । रुरुक्षेत्र गाउँ पालिका वडान १ ले यवर्ष लिची खेती प्रवर्द्धनका लागि लिचीमा भिटामिन छरेको छ भने लिचि टिपि सकेपछि लिचिमा लागेका रोगहरुको निराकरणका लागि विषादी लगाएतका अन्य औषधी छर्ने योजना बनाएको रुरुक्षेत्र १का वडा सदस्य घनश्याम ज्ञवालीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology