रुपन्देही। वर्षा भएपछि तराईका किसानहरु खुसी भएका छन् । आकाशे पानीको भरमा खेती गर्दै आएका किसानहरु वर्षा भएपछि खुसी भएका हुन् ।
लामो समयदेखि पानी नपरेकाले किसानहरुले लगाएको धान बाली प्रभावित भएकोमा आइतबार परेको पानीले राहत महसु्स भएको रुपन्देही देवदहकि किसान धना सापकोटाले बताइन्।
पानी परेसँगै बारीमा सुक्नै थालेका मकै र बेलापतेललाई पनि अमृत मिलेको छ र अव तँग्रिने छन ।
धान रोपाई गर्ने बेलामा नै आवश्यक मात्रामा पानी नपर्नु र त्यपछि पनि खडेरी भर्एपछि किसानहरु चिन्तामा थिए । सिँचाइ अभावमा सिथ ब्लाईट रोगको प्रकोप देखिन थालेको थियो ।
तर अब पानी परेपछि उक्त रोगको प्रकोप हट्ने विश्वास किसानहरुमा छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology