Logo

२०८३, आश्विन ९गते


images
images

इस्मामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना

इस्मामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना

images
  • इस्मामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना
    images
    images

    गुल्मी। गुल्मीको इस्मा गाउँपालिका वडा नं ४ को खगरेटामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको छ । सामान्य उपचारका लागि पनि १-२ घण्टा हिँडेर दाहोलि आउनुपर्ने खगरेटा र आसपासका नागरिकलाई खगरेटामै सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरी उपचार दिन शुरु गरिएको इस्मा गाउँपालिकाकी उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले बताइन् ।

    images
    images
    images

    इकाइ स्थापना कार्यक्रममा उपस्थित स्थानीय रामबहादुर घर्तीले दाहोलि  जानुपर्ने समस्या हटेको भन्दै खुसी व्याक्त गरे। उनले भने, 'एउटा सिटामोल लिन पनि २ घण्टा हिँडेर दाहोलि जानुपर्थ्या, अब त्यो समस्या हटेको छ,।'

    images
    images
    images

    त्यस्तै सामुदायिक स्वास्थ्य इकाइ उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले चुनावमा बोलेको वाचा अनुसार काम गरेको बताए । उनले भने `हामीले चुनावमा खगरेटामा स्वास्थ्य इकाइ स्थापना गरी सामान्य उपचारका लागि दाहोलि जानुपर्ने बाध्यता हटाउँछौ भनेका थियौं, त्यही अनुसार गर्‍यौं ।'

    images
    images
    images

    स्वास्थ्य इकाइमा हाल एक जना अहेब रहने र साउनदेखि नर्सिङ स्टाफ पनि थपिने छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।