Logo

२०८३, आश्विन ९गते


images
images

नेपालका सबै हलबाट उतारियो ‘आदिपुरुष’

नेपालका सबै हलबाट उतारियो ‘आदिपुरुष’

images
  • नेपालका सबै हलबाट उतारियो ‘आदिपुरुष’
    images
    images

    काठमाडौं  । नेपालभर भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोक्ने निर्णय गरिएको छ । ‘आदिपुरुष’ फिल्मको नेपाल वितरक कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको हो । निर्णय भएसँगै ‘आदिपुरुष’को नेपालभर प्रदर्शन रोकिएको छ ।

    images
    images
    images

    काठमाडौं महानगरपालिकाले आफ्नो नगरभित्र सोमबारबाट प्रदर्शन रोक्ने जनाइसकेको थियो । काठमाडौं महानगरसँगै अन्य पालिकाले समेत ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय भइरहेका बेला नेपाल वितरक कम्पनी ब्यांकटेसले नै नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको हो ।

    images
    images
    images

    ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी’ भन्ने शब्द समावेश गरिएपछि काठमाडौं महानगरले उक्त शब्द फिल्मबाट हटाउन तीनदिनको समय दिएको थियो । तर, नेपालमा मात्र हटाएपछि महानगरले सोमबारबाट प्रदर्शनमा रोक लगाएको थियो ।

    images
    images
    images

    रोक लगाइएको आधिकारिक पत्र आउनुअघि नै हल व्यवसायीले फिल्म प्रदर्शन रोकेकोप्रति आपत्ति जनाउँदै वितरक कम्पनी ब्यांकटेसले नेपालभरबाट फिल्म उतार्ने निर्णय गरेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आदिपुरुष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।