रमेश बहादुर सिंह, बझाङ। सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामा तथा कानुन मन्त्री पूथ्बी बहादुर सिंहको सवार जीप दुर्घटना भएको छ। प्रदेश सरकारको ००१झ४८०नम्वर रहेको मन्त्री सवार गाडि मंगलबार डडेलधुराबाट बझाङ आउने क्रममा जयपृथ्वी राजमार्गको बागथलाको धार छडा भने स्थानमा दुर्घटना भएको हो।
दुर्घटनामा परि मन्त्री सिंह लगायत पाँच जना दुर्घटनामा परी घाइते भएका छन्। घाइतेहरुको रायल प्राथमिक स्वास्थ्य केन्द्र मा उपचार भइरहेको बागथला प्रहरी पोष्टले जानकारी दिए।
घाइतेहरु मघ्ये मन्त्री सिंहलाई बढि चोट लागेकाले बेहोस भएको बताइएको छ। मन्त्री सिंह गृह जिल्ला बझाङ भ्रमणका लागि आएका थिए।
घटनास्थल तिर सुरक्षाकर्मी परिचालन गरि पिडितहरुको उदार र उपचारको काम भइरहेको र घटनाको थप विवरण आउन बाकि रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology