कृष्ण अन्जान, गुल्मी । गुल्मीमा अझै पनि अधिकांश नागरिकले दाउरा बालेर खाना पकाउने गरेका छन् । राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार ५७ हजार २० अर्थात ८६.२६ नागरिकले दाउरा काठ प्रयोग गरेर खाना पकाउने गरेका छन् ।
गुल्मी पहाडी जिल्ला भएकाले पनि धेरै नागरिक दाउराको पहुँचमा छन् । दाउराको पहुँच धेरै र धुलो धुँवाले श्वासप्रस्वासमा पार्ने असरको बारेमा नागरिक कम जानकार छन् ।
यसपछि एलपी ग्यास प्रयोग गर्नेहरु छन् । आठ हजार छ सय ९५ अर्थात १३.१५ प्रतिशत नागरिकले एलपी ग्यासको प्रयोग गरेर खाना पकाउने गरेका छन् ।
विद्युतको प्रयोग ४७ अर्थात ०.०७, गोबर गोइठाको प्रयोग सात अर्थात ०.०१, बायो ग्यास प्रयोग दुई सय ८० अर्थात ०.४२, मटितेल ३८ अर्थात ०.०६ र अन्य उर्जा प्रयोग गर्ने १३ अर्थात ०.०२ प्रतिशत नागरिक रहेको तथ्यांक कार्यालय पाल्पाका रामचन्द्र वाग्लेले जानकारी दिए ।
उज्यालोको रुपमा बत्ति बाल्नेहरु भने बिद्युतमा धेरै रहेका छन् । जिल्लामा ६४ हजार चार सय ९१ अर्थात ९७.५७ प्रतिशत नागरिकले विद्युत मार्फत बत्ति बाल्ने गरेका छन् ।
सोलार प्रयोग गर्ने एक हजार एक सय ८० अर्थात १.७९, मट्टितेल दुई सय ३० अर्थात ०.३५, बायो ग्यास १० अर्थात ०.०२ र अन्य स्रोत प्रयोग गर्ने एक सय ८९ अर्थात ०.२९ प्रतिशत नागरिक रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology