Logo

२०८३, आश्विन १०गते


images
images

महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

images
  • सेतोमसी सहकर्मी
  • महानगरको नीति तथा कार्यक्रम सार्वजनिक
    images
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाले बुधबार आयोजना गरेकाे १३ औ अधिवेशनबाट नगरप्रमुख बालेन्द्र शाह(बालेन)ले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

    images
    images
    images

    नगरप्रमुख शाहले चालू आर्थिक वर्षको समीक्षा गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उनका अनुसार चालू आवमा महानगरले निर्वाचनको घोषणा पत्रमा समावेश गरेका योजना तथा प्रतिबद्धता चालू आर्थिक वर्षमा कार्यान्वयन गर्दै आएका छ । उनले  सार्वजनिक जग्गा संरक्षण, नयाँ पार्क निर्माण, स्मार्ट सडकवत्ति जडान, फुटपाथ निर्माण लगायतका काम गर्दै आएको बताए ।

    images
    images
    images

     उनले जनताको गुनासोलाई सम्बोधन गरी अनधिकृत प्रयोग भइरहेको सार्वजनिक जग्गाको संरक्षण गर्दै आएको बताए । उनका अनुसारचालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण भएको र आगामी वर्षमा पनि निरन्तरता दिने छन् ।

    images
    images
    images

     'यस्तै घोषणा पत्रमा शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्ने पार्कहरूको निर्माण गर्ने उल्लेख गरेका थियौ। सोही अनुरूप २५ वटा नयाँ पार्कको निर्माण भएका छन्,' उनले भने, 'सहरको सुरक्षा र पैदल यात्रीहरुलाई सहजता प्रदान गर्नको लागि महानगरले  १७०० वटा स्मार्ट सडकवत्ति जडान गरेको छ। यस्तै  ४२ किमी सडक कालोपत्रे, ७ किमी नयाँ ढल निर्माण, १५०० मिटर फुटपाथ निर्माण  भएका छन्।'

    सार्वजनिक शौचालयहरू र सामुदायिक विद्यालय भवनहरू निर्माण तथा मर्मत लगायतका पूर्वाधार विकासका कार्यहरू सम्पन्न भएको उनको दावी छ ।  पैदलयात्रीहरुको सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइएको उनले सुनाए ।

    स्वास्थ्य र शिक्षालाई पहुँचयुक्त बनाउन प्रचलित कानुनलाई कार्यान्वयन गराएर लक्षित बर्गमा सेवा लगिएको, विद्युतीय नक्सा पास प्रणालीलाई डिजिटल सिग्नेचरसहित पूर्ण अनलाइन गरिएको, राजस्व भुक्तानी प्रणालीलाई प्रयोगकर्तामैत्री बनाइएको छ ।

    के छन् त आगामी वर्षको नीति ?

    प्रमुख शाहले चालु आर्थिक बर्षका नीति संक्षेपका विषयमा भने, ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ दीर्घकालीन सोच हो । यसमा आधारित रहेर सहरी विकास, सुरक्षा र व्यवस्थाका योजना तयार पारिएका छन् । एक वडा एक पार्क र एक खेल मैदान, सफा, स्वच्छ, सुन्दर, धुलोरहित महानगर, सुलभ फार्मेसी, स्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना र सञ्चालन लगायत विषय छन् ।

    कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना, अर्गानिक खाद्य तथा तरकारीका आत्म निर्भर बनाउन सहयोग, सबै सडक कालोपत्रे गर्ने, खाल्टाखुल्टीरहित बनाउने, कम्तीमा १ लाख विरुवा रोप्ने कार्यक्रम नीतिमा समेटिएका छन् ।      

    वन स्टप सर्भिस सेन्टरमा आधारित यातायात प्रणाली सञ्चालन गर्ने, परम्परागत खाद्य तथा पेय पदार्थको ब्राण्डिङ् गरेर निर्यात गर्ने, अधिकतम जनसंख्या लाभान्वित हुने ३ बर्षभित्र निर्माण सम्पन्न हुने १० वटा महानगर गौरवका योजना सञ्चालन गर्ने, सहरी सेवा, सुविधा र सहरी शासनका सवाललाई दिगो बनाउन महानगर स्वर्णिम योजना सञ्चालन गर्ने नीतिका मुख्य विषय हुन् ।

    सभामा शिक्षा, स्वास्थ्य, पूर्वाधार, संस्कृति, सम्पदा तथा पर्यटन, वातावरण व्यवस्थापन, संस्थागत विकास तथा सुशासन, राजस्व तता वित्त    व्यवस्थापन, सहरी यातायात, कानुन तथा मानव अधिकार, कृषि तथा पशुपंक्षी, सामाजिक विकास, खेलकुद, सहकारी, अन्तरराष्ट्रिय सम्बन्ध, विपद व्यवस्थापन, सहरी विकास तथा भवन मापदण्ड, सार्वजनिक निजी साझेदारी, सूचना तथा प्रविधि, हरियाली प्रवर्धन आयोजना, सहरी योजना आयोग सम्बन्धी कार्यनीति पेश भएका छन् ।  

    ‘गरिखाने शिक्षा, महानगरको इच्छा’, ‘एक विद्यालय एक नर्स’, ‘एक विद्यालय एक सामाजिक सहजकर्ता’, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’, ‘सुलभ फार्मेसी’, ‘धुलोरहित काठमाडौँ’, ‘सुन्दर महानगर’, ‘उज्यालो सहर, मेरो महानगर’ यस बर्षको कार्यनीतिमा समेटिएका छन् । यस्तै ‘संस्कृति, सम्पदा र पर्यटन, महानगरको धन’, ‘न्याय चौतारी’, ‘एग्रोपुलिङ्’, ‘साथी महानगर’, ‘एक टोल, एक खेलकुद पूर्वाधार’, ‘डुबान समाधान’, ‘सुशासनका लागि अनलाइन सेवा’, ‘महानगरले देख्छ’, ‘मेरो रहर, हरित सहर ’, ‘मिसन २१००’ कार्य नीति छन् ।

    आजको सभामा पेश भएको समीक्षा, आगामी बर्षको नीति कार्यक्रम तथा कार्यनीतिका विषयमा असार ८ गते बोलाइएको १३ औँ अधिवेशनको दोस्रो बैठकमा नगर सभाका सदस्यहरुले धारणा राख्ने कार्यक्रम छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।