Logo

२०८३, कार्तिक २८गते


images
images

बजेटको गोपनीयता भंग गरेको भन्दै गण्डकी  प्रदेश सभा बैठक अवरुद्ध

बजेटको गोपनीयता भंग गरेको भन्दै गण्डकी  प्रदेश सभा बैठक अवरुद्ध

images
  • सेतोमसी सहकर्मी
  • बजेटको गोपनीयता भंग गरेको भन्दै गण्डकी  प्रदेश सभा बैठक अवरुद्ध
    images

    राजेश  पराजुली, पोखरा ।  पोखरा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र प्रतिपक्षी राप्रपाले सरकारले बजेटको गोपनीयता भंग गरेको भन्दै प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

    images
    images
    images

    बिहीबार आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रक्रिया सभामुख कृष्णप्रसाद धितालले अगाडि बढाउन खोज्दा एमालेले बोल्नलाई समय माग्यो ।

    images
    images
    images

    एमालेले समय मागेपछि सभामुख धितालले प्रमुख सचेतक गोविन्द नेपालीलाई बोल्न समय दिएका थिए । उनले आफूहरु मन्त्रालय र योजनागत बजेट आउने वार्षिक विकास कार्यक्रम पुस्तिका पर्खिरहेको तर सत्तापक्षका कार्यकर्ताले त्यसमा आउने बजेट अंक संसद सदस्यले नपाउँदै पाएर सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै विरोध जनाए । ‘तपाईं बजेट कहाँ बसेर बनाउनुहुन्छ ? मन्त्रालयमा कि गठबन्धनका कार्यालयमा । बजेट बनाउँदा को–कोलाई राखेर बनाउनुहुन्छ ? मन्त्रालयका जिम्मेवार कर्मचारीलाई कि गठबन्धनका कार्यकर्तालाई ?’ उनले अर्थमन्त्रीलाई प्रश्न गरे ।

    images
    images

    बजेटको गोपनीयता भंग गरेको विषय गम्भीर अपराध भएकाले अर्थमन्त्रीले गल्ती सच्याउने प्रतिबद्धता जनाएर छानबिन गर्नुपर्ने एमालेको माग छ । मागअनुसार नहुँदासम्म संसदको काम अघि बढ्न नदिइने प्रमुख सचेतक नेपालीले बताए । ‘आज तपाईंका कार्यकर्ताले पोष््टयाएका योजना र रकम भोलि हामीलाई दिने वार्षिक विकास कार्यक्रममा जस्ताको तस्तै आयो भने अर्थमन्त्री ज्यूले नैतिकताको आधारमा राजीनामा दिनुहुन्छ ?’ प्रमुख सचेतक नेपालीले भने ।

    एमालेले आफ्नो भनाइ राखेपछि सभामुख धितालले आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेलाई बोल्न समय दिएका थिए । त्यसपछि एमाले र राप्रपाका सांसद उठेर सरकारले गल्ती नसच्याउँदासम्म बैठक चल्न नदिने अडान लिएपछि सभामुख धितालले बैठक आधा घण्टालाई स्थगित गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।