गुल्मी । गुल्मीका १२ पालिकामा १६ करोडभन्दा बढी बजेट कटौती भएको छ ।
संघीय सरकारले वित्तीय समानुकरण अनुदानअन्तरगतको बजेट कटौती गर्दा जिल्लाका पालिकाहरुमा १६ करोड १७ लाख ५० हजार बजेट कटौती भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख छविन्द बेल्वासेले जानकारी दिए ।
दुई नगरपालिका र १० गाउँपालिका गरी १२ पालिका रहेको गुल्मीमा सबैभन्दा धेरै रेसुङ्गा नगरपालिकामा एक करोड ६३ लाख ८७ हजार पाँच सय बजेट कटौती गरिएको छ ।
त्यस्तै मुसिकोट नगरपालिकामा एक करोड ५९ लाख ५० हजार बजेट कटौती गरिएको छ ।
गाउँपालिकामध्ये इस्मामा एक करोड २६ लाख ५० हजार, गुल्मीदरबारमा एक करोड ३३ लाख २५ हजार, कालिगण्डकीमा एक करोड १९ लाख ७५ हजार,
चन्द्रकोटमा एक करोड ३२ लाख ८७ हजार पाँच सय बजेट कटौती भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
छत्रकोटमा एक करोक्ष् ३१ लख २५ हजार, धुर्कोटमा एक करोड ३३ लाख ७५ हजार, मदानेमा एक करोड २९ लाख ८७ हजार, मालिकामा एक करोड २८ लाख ७५ हजार, सत्यवतीमा एक करोड ३६ लाख ६२ हजार पाँच सय र रुरुक्षेत्रमा एक करोड २१ लख ५० हजार बजेट कटौती भएको कोष तथा लेखा नियन्त्रक बेल्वासेले जानकारी दिए ।
रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले संघीय सरकारले बजेटको कटौती गर्दा कार्यसम्पादनमा समस्या परेको बताए ।
धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बजेटको कटौतीले सम्झौता गरिएका योजना समयमै भुक्तान दिन नपाएको गुनासो गरे । ‘बजेट आउछ भनेर योजना सम्झौता भयो, योजना कार्यान्वयन पनि भए तर बजेट नआउने भयो ।’ उनले भने, ‘त्यस्ता योजनाहरुको भुक्तानी आगामी आर्थिक बर्षमा दिन्छौ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology