माधव ज्ञवाली, गुल्मी । रुरुक्षेत्र गाउँपालिका गुल्मीले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा युवाहरुलाई लक्षित "युवाहरुलाई बिदेश होईन बिजनेस" कार्यक्रम अघि सारेको छ।
शुक्रवार गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले यस्तो बताएका हुन् ।
यस् कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई जग्गा भाडामा अनुदानको ब्यवस्थापन गरिने गाउँपालिकाको नीति रहेको छ।
त्यस्तै कृषि ऋण लिएर निरन्तर उत्पादन गरिरहेका किसानलाई कृषि ऋणको ५० प्रतिशत ब्याज अनुदान दिइने अध्यक्ष ज्ञवालीले बताए।
गाउँपालिकाले कृषियोग्य जमिनको उपयोग गरि व्यावसायिक कृषि गर्न युवाहरुलाई प्रोत्साहन गर्नेभएको छ, रुरुक्षेत्र गाउँपालिका भित्र रहेका किसानको पहिचान गरि कृषक वर्गीकरण गरिने अध्यक्ष ज्ञवालीले उल्लेख गरेका छन् ।
एक वडा एक उत्पादनलाई अझ प्रभावकारी बनाउँदै गाउँपालिका भित्रका बजारमा रासायनिक मलको उचित प्रबन्ध गरिने बताउँदै उनले कृषकलाई बिमा, प्रविधी, प्राविधिक सहयोगका साथै रोग पहिचान र रोकथामको बिषयमा उचित प्रशिक्षण दिइने गाउँपालिकाको नीति रहेको बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology