Logo

२०८३, आश्विन ९गते


images
images

गण्डकी प्रदेशस्तरिय पुरुष ह्याण्डबल प्रतियोगिताको उपाधि कास्कीलाई

गण्डकी प्रदेशस्तरिय पुरुष ह्याण्डबल प्रतियोगिताको उपाधि कास्कीलाई

images
  • गण्डकी प्रदेशस्तरिय पुरुष ह्याण्डबल प्रतियोगिताको उपाधि कास्कीलाई
    images
    images

    राजेश  पराजुली, पोखरा । गण्डकी प्रदेश स्तरिय पुरुष ह्याण्डबल प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यिय कभर्डहलमा आज(शनिबार) भएको फाइनल खेलमा कास्कीले छिमेकी जिल्ला स्याङजालाई १४ का बिरुद्ध २८ को फराकिलो गोल अन्तरले पन्छाउदै उपाधि जितेको हो ।

    images
    images
    images

    कास्कीको जितमा चन्द्र के.सी.ले १० गोलको योगदान दिए भने स्याङजाका पवन छन्त्यालले डवल ह्याट्रिक गर्न सफल भए । प्रतियोगितामा विजेता भएको कास्कीले उपाधि सहित २५ हजार र उपविजेता स्याङजाले नगद १५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

    images
    images
    images

    लिगकम नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि कास्कीका चन्द्र केसीले प्राप्त गर्न सफल भएको प्रतियोगिताका संयोजक पुष्पा श्रेष्ठले बताए । उनले प्रतियोगितामा २२ गोल गर्नु भएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी स्याङजाका पवन छन्त्याल घोषित भए भने उत्कृष्ट गोलरक्षकको उपाधि स्याङजाकै सविन गुरुङ घोषित भए । उनीहरुलाई जनही नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।

    images
    images
    images

    विजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं परिषदका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङ, अग्रज ह्याण्डबल खेलाडी एवं केन्द्रिय सदस्य राम गुरुङ, खेलकुदकर्मी एवं शिक्षासेवी रत्नमान गुरुङ लगायतले पुरस्कार वितरण भएको थियो ।

    प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला ह्याण्डबल संघको व्यवस्थापनमा शुक्रबार देखि पोखरामा संचालन भएको प्रतियोगितामा ५ टिमको सहभागिता रहेको संयोजक श्रेष्ठले बताए। कास्की जिल्ला ह्याण्डबल संघका कार्यवाहक अध्यक्ष चित्र थापाको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको सचिव टेक बहादुर गुरुङले बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले हालै आयोजना गरेको सातौं पोखरा स्पोट्र्स अवार्डबाट संघ उत्कृष्ट खेल संघबाट सम्मानित भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।