देवदह । देवदह नगरपालिकाले सामूदायिक विद्यालयका विद्यार्थीलाई दिवा खानामा दिईने अनुदान रकम वृद्धि गरेको छ।
नगरपालिकाको १२ औं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा यस अघि दैनिक प्रतिविद्यार्थी १५ रुपैया बराबरको खाजा उपलब्ध गराईएकोमा अब २० रुपैया उपलब्ध गराउने उल्लेख गरिएको छ।
नगर सभामा एक अर्ब ७ करोड २४ लाख ४५ हजारको अनुमानित आय सहितको बजेट प्रस्तुत गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology