Logo

२०८३, आश्विन १०गते


images
images

देवदहको नीति : होम स्टे देखि संग्रालय निर्माण गर्ने

देवदहको नीति : होम स्टे देखि संग्रालय निर्माण गर्ने

images
  • सेतोमसी सहकर्मी
  • देवदहको नीति : होम स्टे देखि संग्रालय निर्माण गर्ने
    images
    images

    रुपन्देही। देवदह नगरपालिकाले उजेरी सामुदायिक होम स्टे संचालनकालागि आवस्यक व्यावस्था मिलाउने भएको छ। आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रामुख ध्रुव प्रसाद खरेलले देवदह -६ मा उजेरी सामुदायिक होम स्टे संचालनका लागि आवस्यक व्यावस्था मिलाइने बताएका हुन्।

    images
    images
    images

    त्यस्तै बुद्ध सम्बद्ध विषयवस्तुको खोज, उत्खनन तथा अनुसन्धान गरिने, लुम्बिनी विकास कोषसँगको सहकार्यमा पूरातात्वीक क्षेत्रको उत्खननलाई निरन्तरता दिई उत्खननबाट प्राप्त भएका पुरातात्वीक वस्तुहरु लाई संरक्षण गर्नका लागि संग्रालय निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    images
    images
    images

    लुम्बिनी क्षेत्र विकास कोषसँगको सहकार्यमा लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई कम्तिमा १ (दिनको देवदह बसाई हुने वातावरण तय गर्न आवश्यक पूर्वाधार विकास र पर्यटक सवारीको व्यवस्थापनमा गृहकार्य गरि पर्यटनलाई आर्थिक उपार्जनसँग जोडिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    images
    images
    images

    यता घरवास संचालनको सम्भाव्यता भएका पर्यटकीय क्षेत्रहरुमा बन्ने प्रत्येक नयाँ घरका कम्तिमा दुईवटा कोठा पर्यटक लक्षित गरि बनाउन प्रोत्साहन गरिने, पर्यापर्यटनका सम्भाव्य ठाउँहरुको पहिचान, संरक्षण र प्रचार गरिने, ऐतिहसिक पुस्करिणी दहको संरक्षण र संबर्द्धन गरिने छ, पाकडी वृक्षको संरक्षण गरि यसको महिमाको प्रचार प्रसार गरिने, भवानीपुरमा संचालित सूचना केन्द्रलाई पर्यटन सूचना केन्द्रको रुपमा संचालन गरिने, स्थानीय कला, संस्कृति र परम्पराको पहिचान, प्रसार र संरक्षण गर्ने नीति अंगीकार गरिने, देवदहको एक मात्र ऐतिहासिक चैते दशै रामनवमी मेला, देवदह-४ भवानीपुरलाई सरक्षण गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।

    देवदह क्षेत्रको पर्यटन प्रबर्दन, सं र क्ष ण र प्रचारप्रसारका निमित्त आर्थिक वर्ष २०८०–०८१ मा १० लाख रुपैयाँ रकम विनियोजन गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।