Logo

२०८३, कार्तिक २८गते


images
images

सुनवलममा वडा कार्यालय भवन उद्घाटन

सुनवलममा वडा कार्यालय भवन उद्घाटन

images
  • सेतोमसी सहकर्मी
  • सुनवलममा वडा कार्यालय भवन उद्घाटन
    images

    परासी। सुनवल नगरपालिका वडा नं १, वडा कार्यालयले नवनिर्मित प्रशासकिय भवनबाट सेवा प्रवाह सुरु गरेको छ । नगरको चालु आर्थिक वर्ष ०७९/०८० को नीति, कार्यक्रम तथा बजेट अन्तर्गत वडाको प्रशासकिय भवन निर्माण गरिएको हो । नवनिर्मित प्रशासकिय भवनको सोमवार नगर प्रमुख विमला अर्यालले उद्घाटन गरेकी हुन । सो कार्यक्रममा  बोल्दै नगर प्रमुख अर्यालले नगरपालिकाले निशुल्क शिक्षाको वारेमा आगामी शैक्षिक सत्र देखी कक्षा ३ सम्म निशुल्क शिक्षाको प्रयास गरिरहेको बताइन्।

    images
    images
    images

    उनले सवै वडा कार्यालयहरुले मुस्कान सहितको सेवा प्रदान गरी जनताको काम सहज र छिटो गर्न वडा कार्यालय एवं जनप्रतिनिधिहरु संग आग्रह गरेकी छ्न्। अर्यालले स्वास्थ्य शिक्षा तर्फ ल्याव स्थापनाका लागि भवन निर्माण भईसकेको र त्यसमा भिडियो एक्सरे , डाक्टर र इमरजेन्सी सेवा तत्काल सुनवलमा उपलब्ध गराउन प्रतिवद्ध रहेको र निकटमै सञ्चालन हुने बताइन्। 

    images
    images
    images

    उक्त ५ कोठे प्रशासकिय भवन एक कठ्ठा १५ धुरमा निर्माण गरिएको छ । भवनको कुल लागत ६५ लाख रहेको वडाअध्यक्ष मनबहादुर थापाले बताए । उनले हाल रहेको भवनमा स्थान अभावका कारणले विविध सेवाहरु प्रदान गर्न नसकिएको बताउदै नवनिर्मीत भवनमा अव वडा कार्यालयले प्रदान गर्ने सवै सेवाहरु प्रवाह गरिने जानकारी दिए ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।