Logo

२०८३, आश्विन १०गते


images
images

मुख्य समाचार

सियारी गाउँपालिकाले तयार पार्यो रोजगार रणनीति

सियारी गाउँपालिकाले तयार पार्यो रोजगार रणनीति

images
  • सेतोमसी सहकर्मी
  • सियारी गाउँपालिकाले तयार पार्यो रोजगार रणनीति
    images
    images

    भैरहवा। रुपन्देहीको सियारी गाउँपालिकाले रोजगार रणनीति तयार गरेको छ । आर्थिक बर्ष २०८१÷०८१ देखि २०८४÷०८५ सम्ममा श्रम तथा रोजगारीका क्षेत्रमा गरिने कामलाई आधार बनाएर रोजगार रणनीति बनाएको हो ।

    images
    images
    images

    नेपाल सरकारको निर्देशन बमोजिम सियारीले रोजगार रणनीति बनाएको हो । सियारी, रोजगार रणनीति बनाउने लुम्बिनी प्रदेश सरकारको पहिलो पालिका हो ।

    images
    images
    images

    पालिकाले अन्तिम मस्यौदा प्रतिवेदन सम्बन्धी छलफल गर्दै रोजगार रणनीतिलाई पुर्णता दिएर कार्यन्वयनका लागि अगाडि बढाईएको रोजगार संयोजक श्रृजना भुषालले जानकारी दिईन् ।

    images
    images
    images

    उनले आन्तिरिक रुपमा रोजगारी प्रवद्र्धन गर्न, रोजगारीका क्षेत्र पहिचान गर्न तथा एकीकृत सेवा केन्द्र निर्माण गर्न रोजगार रणनीतिले महत्वपूर्ण सहयोग गर्ने उल्लेख गरिन् ।

    सियारीले सिपमुलक दक्ष श्रमशक्तिको विकास दिगो र समाबेशी रोजगारीको आधार भन्ने सोचका साथ तयार गरिएको रणनीतिमा सबैखाले श्रम विभेदको अन्त्य गर्दै सिपयुक्त व्यावसायिक जनशक्तिको विकास मार्फत रोजगारी र स्वरोजगारी प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

    सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले रोजगारीको हकलाई कार्यान्वयन गर्ने तथा आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप रोजगार रणनीति बनाईएको बताए । अध्यक्ष घिमिरेले अनौपचारिक रोजगारीका क्षेत्रलाई औपचारिकतामा रुपान्तरण गर्ने, गाउँपालिका भित्रका रोजगारदाताहरुसँग समन्वय गरी रोजगारदाताबाट माग भए बमोजिम सुचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्नका लागि राणनीति फलदायी बन्ने उल्लेख गरे ।

    सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुले सियारीमा रहेका अनौपचारिक रोजगारकर्मीलाई औपचारिक रोजगारकर्मीको रुपमा स्थापित गर्नका लागि रणनीतिले महत्वपूर्ण भूमिका खेल्ने बताईन् । उनले आगामी दिनमा सियारीमा रहेका बेरोजगार युवालाई रोजगारीमा समावेश गराई सियारीलाई बेरोजगारमुक्त पालिका बनाउन लागि परेको बताईन् ।

    सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सियारी भित्र अहिले ३ हजारको हाराहारीमा औपचारिक रुपमा रोजगाारीमा रहेका र ६ हजारको हाराहारीमा अनौपचारिक रोजगारीमा रहेको बताए । उनले अनौपचारिक रोजगारीमा रहेका युवाहरुको तथ्याङ्क संकलन गरी उनीहरुलाई पनि औपचारिक रोजगारीमा समावेश गरी राज्यले तोकेको सेवा सुबिधा भित्र राख्न पहल गरिएको बताए ।

    सियारीले रोजगारीको हकलाई कार्यन्वयन गर्दै आन्तरिक रोजगारीको प्रवद्र्धन पनि गर्दै जाने गरी रणनीतिलाई कार्यान्यन गर्न लागिएको जनाएको छ । सियारीमा रहेको रोजगार सेवा केन्द्रले सुचीकृत बेरोजगार युवालाई रोजगारीमा लगाउने, रोजगारीका क्षेत्रको पहिचान गर्ने, अनौपचारिक रोजगारकर्मीलाई औपचारिक रोजगारीमा रुपान्तरण गर्ने लगायतका काम गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।