Logo

२०८३, कार्तिक २८गते


images
images

जसलाई लालपुर्जाले दियो खुसी

जसलाई लालपुर्जाले दियो खुसी

images
  • सेतोमसी सहकर्मी
  • जसलाई लालपुर्जाले दियो खुसी
    images

    परासी। पश्चिम नवलपरासीमा भुमिहिन दलित तथा भूमिहीन सुकुम्बासीले जग्गा धनि लालपुर्जा पाएपछि खुसि भएका छन। लामो समयदेखि आफैले जोतभोग गर्दै आएको जग्गा धनि लालपुर्जा पाएपछि खुशी भएका हुन।

    images
    images
    images

    जिल्लाको बर्दघाट नगरपालिकाबाट पहिलो चरणमा १० जनालाई लालपुर्जा वितरण गरिएको थियो। पुर्जा लिदै स्थानीय रामबचन पासीले पुर्जा नहुँदा बिजुली,खानेपानी तथा सरकारी निकायबाट पाउने कृषि बीउसमेत नपाउँदाको बैकबाट लोन समेत नपाएको सम्झिदै अब पुर्जा पाएपछि सरकारी सेवासुविधा पाउनेमा छोरोछोरीका लागि अध्ययन तथा केही व्यवसाय गर्न खोज्दा लालपुर्जा अभावमा पाएको सास्ती सम्झिएँ,’जग्गाको पुर्जा पाउँदा खुसीको सीमा नहुँदो रहेछ पासीको भनाइ छ।

    images
    images
    images

    त्यस्तै सरावलकै विमलावती मुसहरले “पटक पटक बनेका आयोगले पुर्जा दिन नसक्दा मैले त पुर्जा पाउने आस मारेको थिएँ फेरी पनी हामीमाथी राजनितिनै हुने भयो भन्ने सोचेको थिए तर यसपाली त साँच्चिकै पो पुर्जा पाएँ।”लालपुर्जा देखाउँदै खुशी व्यक्त गरिन।

    images
    images

    पुर्जा वितरण गर्दै भुमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले भुमी र आवास सबै नागरिकको संबैधानिक अधिकार भएकाले आयोग मार्फत केही बर्षमै सबै भुमिहिनले पुर्जा प्राप्त गर्ने यसका लागी सरकारले जगा ब्यवस्थापन गर्ने कार्य अगाडी बढेको” सबै नागरिकको जोत्ने भुमी र बस्ने आवास हुनुपर्छ,जनतालाई भुमिको मालिक बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठको भनाई थियो।

    पश्चिम नवलपरासीमा पटक पटक बनेका भुमि सम्वन्धि आयोगले विगतमा जग्गा नापजाँच लगाएतका कार्यहरु गरेपनि पुणर्ता भने दिन सकेका थिएनन। पहिलो पटक बर्दघाटबाट पुर्जा वितरणको काम सुरु भएको हो अब जिल्लाभर वितरण गरिने भुमि आयोग नवलपरासीका अध्यक्ष देवराज भण्डारीले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।