Logo

२०८३, कार्तिक २८गते


images
images

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पुनः मागे विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पुनः मागे विश्वासको मत

images
  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पुनः मागे विश्वासको मत
    images

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासकाे मत दिन पुनः सबै राजनीतिक दलसँग माग गरेका छन् ।  विश्वासको मत लिनुअघि उनले आजको प्रदेशसभालाई सम्बोधन गर्दै उनले आफू प्रदेश सरकार सञ्चालनमा सक्षम रहेको भन्दै मत दिन आग्रह गरेका हुन् ।  प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेशसभाको बैठक बसेको थियो । मुख्यमन्त्री कार्कीले हिंजो विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा बैठक स्थगित भएको थियो ।

    images
    images
    images


    आजको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्तावमा दलहरूले उठाएका प्रश्नको जवाफ दिएका हुन् । उनको सम्बोधन सकिएसँगै मत विभाजन प्रक्रिया सुरु भएको छ । त्यसक्रममा उनले अर्को सरकार गठन हुने सम्भावना नरहेको भन्दै विधि, पद्धती र संवैधानिक व्यवस्थाको विषयमा हेक्का राख्न विपक्षी गठबन्धनलाई आग्रह गरे ।

    images
    images
    images


    त्यसक्रममा उनले पटक पटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत नभएको बताए । कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने भएका हुन् । कोशी प्रदेशसभामा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादीको (सभामुखसहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदको प्रतिनिधित्व छ । कार्कीलाई विश्वासको मतको पक्षमा एमालेको ४० र राप्रपाको ६ सांसदले समर्थन गरेका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।