परासी। सुनवल नगरपालिककाले सुशासन, लैङ्गिक तथा सामाजिक सावेशीकरण क्षमता बिकास तालिम दिएको छ । नगरपालिकाले सामुदायिक बनका पदाअधिकारीहरुलाई समुदायमा आधारित बन व्यवस्थापन समूहहरुलाई सुशासन, लैङ्गिक तथा सामाजिक समावेशीकरण क्षमता विकास तालिम दिएको हो ।
सुनवल नगरपालिकामा संचालित समृद्धिको लागि बन परियोजना मार्फत समुदायमा आधारित बन व्यवस्थापन समूहहरुलाई सुशासन, लैङ्गिक तथा सामाजिक समावेशीकरण क्षमता विकास तालिम दिएको नगरप्रमुख बिमला अर्यालले जानकारी दिईन ।
उनले सुशासन र सशक्तिकारण गर्न सके मात्र क्षमता अभिबृद्धि हुने भएकोले सामुदायिक बनको सुशासन र आयआर्जन गर्न मद्धत पुग्ने बिश्वास व्यक्त गरेकी थिइन । एक समुदायिक बन र एक सामुदायिक उद्यान बनाउन योजनाको साथ काम गरिरहेको अर्यालले बताईन ।
सुनवल नगरपालिकाक्षेत्रमा रहेका क्रियाशिल सामुदायिक बनहरुसंग सहकार्यमा सामुदायिकमा आधारित बन व्यवस्थापन समूहहरुलाई सुशासन र आयआर्जनमा जोड्नको निम्ति यस्तो कार्यक्रम संचालन गरिएको र त्यसमा बन बातवरण तथा विपत व्यस्थापन समितिले सुनवलका २२ वटा सामुदायिक बनहरुलाई स्थानीय सरकारसंग सहकार्य गरी एक सामुदायिक बन एक उद्यम योजना ल्याउनको निम्ति आगडि बढेको सुनवल वडा न ६का वडा अध्यक्ष हिमाल चापागाइले बताए ।
उनले निकट भविष्यमा सामुदायिक बन समूहहरुको समन्वय र सहकार्य गरी आयमूलक कार्यक्रम र उद्यामशीलता कार्यक्रममा पर्यावरणलाई जोड दिइएको थियो । डिभिजन बन कार्यालयका प्रमुख महेन्द्र वाग्ले, डिभिजन बन कार्यालयका बन अधिकृत मनोज न्यौपाने र सामुदायिक बन उपभोक्ता महासंघ नेपाल नवलपुरका अध्यक्ष ठाकुर गैरले क्षमता विकास तालिमको प्रशिक्षण दिएको नगरपालिकाले जनाएको छ । तालिममा २२ वटा सामुदायिक बन समूहका पदाअधिकारी सहभगिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology