Logo

२०८३, कार्तिक २८गते


images
images

मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए १७ बुँदे साझापत्र

मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए १७ बुँदे साझापत्र

images
  • मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए १७ बुँदे साझापत्र
    images

    पोखरा । मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष १७बुँदे माग राखेका छन् ।शुक्रबार पोखरामा सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको साझा पत्र मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

    images
    images
    images

    तत्काल प्रहरी समायोजन हुनुपर्ने, संघीय निजामती ऐन लगायतका कानुन ल्याउनुपर्ने, प्रदेश सरकारको कार्यालयहरु रहेका भवन र भवन परिसरको जग्गाको स्वामित्व प्रदेश सरकारको स्वामित्वमा आउनुपर्ने लगायतका माग साझा पत्रमा उल्लेख छ ।

    images
    images
    images

    साझा पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यसबारे संघीय सरकारमा गम्भीर रूपमा छलफल हुने बताए ।

    images
    images

    ‘यसपटक संघीयता कार्यान्वयनका लागि प्रशस्त प्रयास गरिएको छ। संघीयताबारे हामी सैद्धान्तिक, नीतिगत, कानुनी र व्यावहारिक विषयहरूमा समेत स्पष्ट छौं’ उनले भने, त्यसका लागि आवश्यक पर्ने ऐन, कानुनहरू निर्माण हाम्रो प्राथमिकतामा छ ।’

    संघीय निजामती, शिक्षा र प्रहरी ऐन छिटो निर्माण गर्न पहल गरिरहेको भन्दै उनले भने, ‘संघीय निजामती ऐन सदनको यसै अधिवेशनमा यी ऐनहरू टुंगाउने हाम्रो कोशिश छ।’

    प्रदेशको आवश्यकता छैन भन्ने तर्कहरू सुनिएको भन्दै उनले समस्याहरू सामना गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताए । ‘तपाईंहरूको साझापत्रले मलाई बल पुगेको छ। मैले केन्द्रमा, राजनीतिक र प्रशासनिक तहमा यसबारे गम्भीर रूपमा छलफल गर्छु’, उनले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # १७ बुँदे साझापत्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।