Logo

२०८३, आश्विन १०गते


images
images

प्रधानमन्त्री प्रचण्डसँग पोउवा संघका प्रतिनिधिमण्डलको भेट

प्रधानमन्त्री प्रचण्डसँग पोउवा संघका प्रतिनिधिमण्डलको भेट

images
  • प्रधानमन्त्री प्रचण्डसँग पोउवा संघका प्रतिनिधिमण्डलको भेट
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि आफैंले विशेष पहल गर्ने बताएका छन् । 
     ‘म छिट्टै चीन भ्रमणमा जाँदैछु, त्यहाँ पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानबारे ब्रेक थ्रु नै हुनेवाला छ’पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग भएको भेटघाटको क्रममा उनले भने,‘भारतसँग पनि कुरा भएको छ । अन्तर्राष्ट्रिय उडान हुन्छ ।’ उनले कोरला नाका संचालनबारे सहमति जुटिसकेको र अब नेपाली भूमिमा पनि भौतिक निर्माणलगायतका काम हुने जानकारी गराए । 
     भेटघाटको क्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सुस्ताएको बजारलाई माथि उकास्न विशेषखालका कार्यक्रम ल्याउन प्रधानमन्त्रीसमक्ष आग्रह गरे । बजारमा भारतीय रुपैयाँको विनिमय दर नै घटेको जानकारी गराउँदै मुल्मीले यो समस्या लामो समय रहे मुद्रास्फिति अझ बढ्नसक्नेबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । पोखराको एयरपोर्टको दीगो संचालनको लागि नेपालको पूर्वतिर भएका हवाइ रुट प्रयोगमा ल्याउनुपर्ने र श्रीलंका एवं भारतका विभिन्न सहरमा उडान थाल्नुपर्नेमा उनको जोड थियो ।
     प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र  बुझाउँदै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान, उत्तरगंगा जलविद्युत परियोजना निर्माण,प्रशारण लाइनको उचित व्यवस्थापननको माग गरे ।  उनले प्रधानमन्त्रीसमक्ष  मित्रराष्ट्र चीनको राजकीय भ्रमणको क्रममा एयरपोर्टको विषयलाई प्राथमिकतामा राख्न आग्रह पनि गरे । उद्योगी व्यवसायीहरुको मनोबल उकास्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड थियो । 
    ‘यतिबेला निजी क्षेत्रको मनोबल खस्केको छ । कर्जामा बढेको ब्याजदर, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबाट सिर्जित मन्दीका कारण व्यवसायबाट पलायनदर बढेको छ,’ उनले भने,‘ प्रधानमन्त्रीज्यूले निजी क्षेत्रको नुर गिर्न नदिने प्रतिवद्धता व्यक्त गरिसक्नुभएको छ । हामी सरकारबाट देखिने र अनुभूति हुने गरी निजी क्षेत्रको मनोवल बढाउने खालको घोषणाको अपेक्षा गर्दछौं ।’
     कार्यवाहक अध्यक्ष कार्कीले पृथ्वी राजमार्गको स्तरोन्नतिको गति बढाउन,े कोरला–त्रिवेणी राजमार्ग निर्माणमा आएका अवरोध हटाउन र मध्यपहाडी राजमार्ग निर्माणलाई गति दिन पनि माग गरे । उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न, गुरुयोजनासहितको सहर निर्माण थाल्न, पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्न तथा फेवाताल संरक्षण एवं व्यक्तिको जग्गाको मुआब्जाको लागि रकम निकासाको माग पनि गरे । हरेक प्रदेशमा सो क्षेत्रका मौलिक उत्पादनहरुको प्रवद्र्धनको लागि कोसेली घर निर्माण हुनुपर्ने धारणा राख्दै उनले पोखरा उद्योग वाणिज्य संघले कोसेली घर निर्माणको सोच बनाएको जानकारी पनि गराए । 
     प्रधानमन्त्रीसँगको भेटघाटमा संघका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य र महासचिव बलराम आचार्यको पनि सहभागिता थियो । 
    १. तीन तहका सरकारबीच आपसी समन्वय र सहकार्य अझ प्रगाढ होस् ।
     २. अधिकार बाँडफाटमा देखिएका गतिरोधहरुको अत्य होस् । 
    ३.बुढीगण्डकी आयोजना शीघ्र कार्यान्वयनमा आओस् । उत्तरगंगा जलविद्युत आयोजना निर्माण गरियोस् । 
    ४. पृथ्वी राजमार्गको स्तरोन्नति,मध्यपहाडी राजमार्ग एवं त्रिवेणी–कोरला मार्ग निर्माणले गति लेओस् । बाधा–व्यवधानहरु अन्त्य गरियोस् । कोरला र त्रिवेणी नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माणसहित भन्सार कार्यालय स्थापना होस् । 
    ५.पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चिता गरियोेस् । आवश्यक भौतिक संरचना र भन्सार कार्यालयहरुको स्थापना गरियोस् । 
    ६. कर्जामा बढेको ब्याजदर, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबाट सिर्जित मन्दीका कारण सिर्जित विषमताको अन्त्य होस्  । 
    ७. धौवादी फलाम खानी तथा औद्योगिक क्षेत्र निर्माणका घोषित कार्यक्रमहरुले यथाशीघ्र सार्थकता पाओस् ।  
    ८.गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा सहित नमूना सहर बनाउने संघीय सरकारी घोषणा अनुसारको गुरुयोजना निर्माण होस् । 
    ९.पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अपरिहार्यता वोध गर्दै निर्माणको पहलकदमी गरियोस् ।
     १०. फेवाताल संरक्षणको लागि सम्मानित सर्वोच्च अदालतबाट आदेश दिएको सन्दर्भमा मुआब्जा वितरणको लागि आवश्यक बजेट  व्यवस्था गरियोस् । 
     ११. प्रादेशिक राजधानी पोखरामा देखिएको व्यावसायिक सिथिलताको कारण खोजी गर्दै उद्योग÷व्यवसाय प्रवद्र्धनको लागि उचित प्रबन्ध गरियोस् । 
    १२.उत्पादकत्व बढाउँदै हरेक प्रदेश र पालिकाहरुको सामथ्र्य बढाउने गरी उचित नीति अंगिकार गरियोस् । 
    १३.हरेक प्रदेशका मौलिक उत्पादनहरुको बजारीकरणको लागि उचित प्रबन्ध गरियोस् । निजी क्षेत्रसँगको सहकार्यमा कोसेली घर निर्माणको योजना अगाडि सारियोस् ।
    १४.बढ्दो मुद्रास्फिति घटाउन,आर्थिक सिथिलताको अन्त्यको लागि उत्पादनमूलक क्षेत्रमा सहुलियतपूर्ण कर्जा,पुनःकर्जा तथा कर्जा भुक्तानीको समयसीमामा पुनर्विचार गरियोस् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोउवा संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।