राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिकामा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत देवदहका १३ घर किसानलाई मौरीको गोला सहित घार वितरण गरिएको छ ।
आत्मनिर्भर तथा गरिबी निवारणका लागि स्थानिय तहको सिफारिसमा उक्त मौरिको घार बितरण गरिएको बताउँछन मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रमका संयोजक तिलक न्यौपाने । देवदह नगरपालिकाले गरेको सिफारिसको आधारमा १३ जना किसान छनोट गरि उक्त घार बितरण गरिएको संयोजक न्यौपानेले बताए ।
उक्त कार्यक्रममा ६ लाख ५० हजार लागत लागेको बताईएको छ । कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री, उप- प्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेलबासे तथा कृषकहरुको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology