देवदह । रूपन्देहीको देवदहमा क्रियाशील लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। शनिबार एक कार्यक्रमबीच बर्ष २०२२-२३ का अध्यक्ष बिमल प्रसाद भुषालले बर्ष २०२३-२४ का अध्यक्ष कमल पौडेललाई पद तथा जिम्मेवारी हस्तान्तरण गरे।
देवदह ७ स्थित होटल ओम दर्शनमा भएको एक औपचारिक कार्यक्रममा बोल्दै लायन्स क्लबका जिल्ला सल्लाहकार बिष्णु प्रसाद पौडेलले देवदहमा लायनिज्म बिस्तार गर्दै सामाजिक कार्यमा सम्पूर्ण क्लबहरु एकताबद्वता भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा क्लबका रिजनल चियरपर्सन राम बहादुर गुरुङ्, चार्टर प्रेसिडेन्ट दिपेश बिक्रम मल्ल, विनोद थापा, लायन्स क्लब अफ पाकरी वृक्षका अध्यक्ष मिना पाण्डे लगायतको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology