Logo

२०८३, आश्विन १०गते


images
images

मुख्य समाचार

भारतीय कुखुरामा कडाइ, बजारमा मासुको अभाव

भारतीय कुखुरामा कडाइ, बजारमा मासुको अभाव

images
  • भारतीय कुखुरामा कडाइ, बजारमा मासुको अभाव
    images
    images

    परासी। पश्चिम नवलपरासीमा बोइलर कुखुराको मासु अभाव भएको छ । सरकारले सीमा क्षेत्रमा भारतीय कुखुरा तस्करीमा कडाइ गरेपछि जिल्लामा मासुको अभाव भएको हो ।

    images
    images
    images

    भारतीय कुखुरा नेपाल ल्याउन कानुनत बन्देज छ । तर चोरी तस्करी मार्फत रातको समयमा भारतीय कुखुरा बुटवल, देवदह, सुनवल, परासी लगायतको क्षेत्रमा भित्रिदा मानव स्वास्थ्यमा समेत जोखिम बढ्दै गएको छ । नेपाल भन्दा भारतीय कुखुरा सस्तो हुने भएकाले दैनिक लाखौ कुखुरा नेपाल भित्री रहेको छन् । यता किसान कुखुरा पालन व्यवसायबाट पलायन हुनेक्रम बढेसँगै देशभर मासुको अभाव भएको कृषि विज्ञ माधव थापा बताउँछन् । 

    images
    images
    images

    नेपाल पोल्ट्री महासङ्घको तथ्यांक अनुसार ९० प्रतिशत किसानले कुखुरा पाल्न छाडेका छन् । अहिले बजारका फ्रेस हाउसले बेच्ने मासु आधिकांश भारतीय कुखुराको हुने गरेको छ । यता सीमा क्षेत्रमा भारतीय कुखुरामा कडाइ गरेपछि दैनिक प्रहरी कुखुरा तस्करलाई नियन्त्रणमा लिरहेको छ । यस्ता कुखुरा नेपाल भित्रिंदा रोगको जोखिम बढ्ने र नेपाली कृषकलाई व्यवसायीक असर पर्ने भएकाले पनि भारतीय कुखुरा नेपाल भित्रिन बन्देज गर्नु पर्ने कृषकहरूको माग छ ।

    images
    images
    images

    नवलपरासी जिल्ला मात्रमा दैनिक ७ सयदेखि ९ सय केजी भन्दा बढी मासु खपत हुने गर्दछ । अहिले मासुको प्रतिकेजी ४ सय २० तोकिएको छ । यसरी प्रतिकेजीमा एक सय ३० रुपियाँ मूल्य बढे पनि बजारमा माग अनुसारको कुखुरा आपूर्ति हुन नसकेको व्यवसायी बताउँछन् । 

    यो पढ्नुहोस् :

    देवदह प्रहरीले बरामद गरेका २५० केजी अवैध कुखुरा नष्ट

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।