Logo

२०८३, कार्तिक २८गते


images
images

मुख्य समाचार

कम्युनिष्टहरु फेरि मिल्नु पर्छ, नेकपातिरै फर्किनु पर्छ : प्रधानमन्त्री

कम्युनिष्टहरु फेरि मिल्नु पर्छ, नेकपातिरै फर्किनु पर्छ : प्रधानमन्त्री

images
  • सेतोमसी सहकर्मी
  • कम्युनिष्टहरु फेरि मिल्नु पर्छ, नेकपातिरै फर्किनु पर्छ : प्रधानमन्त्री
    images

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्ने बताएका छन्। कम्युनिष्ट पार्टीका संस्थापक स्व नारायणविलास जोशीको ३४ औं स्मृति दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

    images
    images
    images

    उनले एमाले माओवादीबीचको एकता बचाउन नसकिएकाले अब फेरि कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्ने बताए । उनले आफू र एमाले अध्यक्ष केपी ओली मिलेपछि धेरैलाई भय पैदा भएपनि एकता जोगाउन नसकिएको भन्दै दुखेसो पोखे ।

    images
    images
    images

    नेकपा एकता जोगाउन नसकेकोमा कसैलाई दोषारोपण नगर्ने र फेरि एकपटक एकता गर्न सबैले चिन्तन गर्नुपर्ने बताए ।

    images
    images

    प्रधानमन्त्री दाहालले हिजोको दिनमा कम्युनिष्ट आन्दोलन बचाउन नसक्नुको कारण खोजेर गम्भीर समीक्षा गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराए ।

    माधव र मैले के भनेका छौं भने फेरि नेकपा तिर फर्कनुपर्छ फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्ने कुरापनि हामीले भनेका छौं ’ उनले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।