Logo

२०८३, आश्विन ९गते


images
images

समिक्षासँग विवाह गर्न तयार छु : आमेश भण्डारी

समिक्षासँग विवाह गर्न तयार छु : आमेश भण्डारी

images
  • सेतोमसी सहकर्मी
  • समिक्षासँग विवाह गर्न तयार छु : आमेश भण्डारी
    images
    images

    काठमाडौँ। कलाकार तथा गायक आमेश भण्डारीले आफू गायिका समिक्षा अधिकारीसँग विवाह गर्न तयार भएको बताएको छन्। आमेश अष्ट्रेलियाबाट फर्किए लगत्तै ‘द प्रकाश सुवेदी शो’ मा पुगेका थिए । त्यहि क्रममा कार्यक्रमका संचालक प्रकाश सुवेदीले आमेशलाई समिक्षा र तपाईबीच प्रेम सम्बन्ध हो ? भनेर प्रश्न सोधेका थिए।

    images
    images
    images

    आमेशलाई समिक्षासँग तपाईको साच्चै प्रेम सम्बन्ध छ त ? भनेर सोधिएको प्रश्नमा आमेशले अहिले प्रेम सम्बन्ध नभएको बताएका छन् ।

    images
    images
    images

    ‘टिकटकमा हाम्रो जोडी राम्रो देखेकाले दर्शकले त्यस्तो ठान्नु भएकाे हाेला तर, अहिले हामी प्रेममा त छैनौउ पछि के हुन्छ थाहा छैन’ भन्दै आमेशले जवाफ दिए ।

    images
    images
    images

    आमेशलाई समिक्षको लागि के भन्ननुहुन्छ भनेर कार्यक्रमका सञ्जालका प्रकाश सुवेदीले भन्दा आमेशले ‘तिमी रोएको पल तिमीलाई हँसाउन नसकुला तर तिमीसँगै म राेइिदनसक्छु’ बोलको गीत गाएका छन् ।

    त्यसपछि फेरी प्रकाशले आमेशलाई यदि समिक्षाको बुबा आमा केटा माग्दै आउनुभयो भने के तपाई विवाह गर्न तयार हुनुहुन्छ ? भन्दै प्रश्न साेधे । यो प्रश्नको जवाफ दिँदै आमेशले भने,’त्यस्तो भयो भने म त एकदम लक्की हुन्छ, म विवाह गर्छु, मेरो उमेर पनि भयो’ ।

    सुवेदीले आमेशलाई समिक्षा र तपाईबीच एक एक घण्टामा फोनमा कुरा हुन्छ रे नी त भन्दै अर्को प्रश्न गरे । आमेशले पहिला त धेरै कुरा नहुने बताएपनि पछि हासेर हामी अहिले पनि कुरा गर्छौ भन्दै जवाफ दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।